धनकुटाका नवनिर्वाचित पदाधिकारीहरुद्वारा पदभार ग्रहण
धनकुटा खबर । धनकुटाका नव निर्वाचित जनप्रतिनीधिहरुले सफत ग्रहण गरी पदभार ग्रहण गरेका छन् ।
धनकुटाका ७ तह मध्ये खाल्सा छिन्ताङ्ग सहिदभुभी गाउँपालिकाको आईतबार र बाँकी सबै तहको आज पदभार ग्रहण गराईएको मुख्य निर्वाचन कार्यालय धनकुटाले जानकारी दिएको छ ।

यसै क्रममा धनकुटा नगरपालिकाका नेकपा एमालेका तर्फबाट बिजयी मेयर चिन्तन तामाङ्ग र उप–मेयर सकुन्तला बस्निेत सहित बिभिन्न १० वडाका वडा अध्यक्ष र पदाधीकारीहरुले मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले सफत ग्रहण गराएका छन् ।

सफत ग्रहण पछि सम्पूर्ण पदाधीकारीहरुले धनकुटा नगरपालिकामा पदग्रहण गरेका छन् । पदाधीकारीहरुलाई नगरपालिकाका कार्यकारी अधिकृत तिर्थ प्रसाद धितालले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा मेयर पदका निकतम प्रतिद्वन्दि दिनेश राई र उप–मेयर रेणु श्रेष्ष्ठ,प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेती,स्थानिय बिकास अधिकारी पर्व प्रसाद साप्कोटाले नव निर्वाचित प्रतिनीधिहरुलाई शुभकामना तथा बधाई दिएका थिए ।

आसन्न निर्वाचनमा धनकुटाको सबै तहमा नेकपा एमालले बिजयी गरेको छ । बिजयपछि आजै नेकपा एमाले धनकुटाले पार्टी अध्यक्ष राजेन्द्र राईको आध्यक्षतामा पत्रकार सम्मेलन गरेर धनकुटेली जनतालाई धन्यवाद ज्ञापन गरेको छ ।

