एमाले धनकुटाद्धारा जिल्लामै पहिलो पार्टीको रुपमा स्थापित गराउन मुख्य भुमिका निर्वाह गरेको भन्दै जिल्लाका मतदातालाई धन्यवाद ज्ञापन

धनकुटा खबर,१९ असार । नेकपा एमाले जिल्ला कमिटि धनकुटाले जिल्लामै पहिलो पार्टीको रुपमा स्थापित गराउन मुख्य भुमिका निर्वाह गरेको भन्दै जिल्लाका मतदातालाई धन्यवाद दिएको छ । सोमवार धनकुटामा पत्रकार सम्मेलन गरि जिल्लाका सात वटै स्थानिय तहमा एमालेलाई विजय गराउन जिल्लाका मतदाताको मुख्य भुमिका रहेको भन्दै सम्पुर्ण मतदातालाई धन्यवाद दिएको हो ।

तिन नगरपालिका र चार गाउपालिका र ४३ वडामा वडा अध्यक्ष तथा अत्याधिक बहुमत संख्यामा महिला सदस्य,दलित महिला सदस्य तथा वडा सदस्यमा पदहरुमा विजयी गराउन जिल्लाका आम मतदाताको भुमिका महत्वपुर्ण रहेको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञेप्तीमा उल्लेख गरिएको छ । सो अवसरमा नेकपा एमाले जिल्ला कमिटि धनकुटाका अध्यक्ष राजेन्द्र राईले जिल्ला मै पहिलो पार्टीको रुपमा स्थापित गराउन मुख्य भुमिका आम मतदाताको रहेको र उहाँहरु पहिलो धन्यवादको पात्र रहेको वताउनुभयो ।

साथै नेकपा एमाले जिल्ला कमिटि धनकुटाले आम मतदाता सहित निर्वाचनलाई सफलतापुर्वक सम्पन्न गराउन अहोरात्र खट्ने प्रशासन, सुरक्षाकर्मी, कर्मचारी, प्रतिस्पर्धामा शान्तिपुर्वक भाग लिने सवै राजनितिक दलहरु,निर्वाचन पर्यवेक्षकहरु,पत्रकार,अधिकारवादी सवैमा धन्यवाद ज्ञापन गरेको छ । नेकपा एमाले धनकुटाले आउदो असार २४ गतेका दिन धनकुटा सदरमुकाममा भव्य रुपमा विजयी रयाली तथा विजयीसभा हुने भएकाले सभामा सहभागि हुन सम्पुर्ण जिल्लावासी दाजुभाई,दिदिवहिनी,आमकार्यकर्ता,समर्थक एवं शुभेच्छुकहरुलाई आह्वान गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।