धनकुटा नपा को विभिन्न वडाको वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका १८ जनाको जमानत जफत
धनकुटा खबर, २० असार । धनकुटा नगरपालिकाका विभिन्न वडाको वडाको अध्यक्ष पदका लागी उम्मदवारी दिएका १८ जना वडा अध्यक्षको १८ जनाको जमानत जफत भएको छ ।
धनकुटा नगरपालिका वडा न. १ का वडा अध्यक्ष उम्मेदवार राप्रपाका शेरवहादुर शाही,संघिय लोकतान्त्रिक मञ्चका डिल्लीमान वनेम,वडा न २ का वडा अध्यक्ष उम्मेदवार मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका विकास राई,नेकपा माओवादी केन्द्रका गंगावहादुर राई,संघिय समाजवादी फोरम नेपालका खिरेन्द्र राईको जमानत जफत भएको छ ।
यसैगरि वडा न. ३ का वडा अध्यक्ष उम्ेदवार वन्नु भएका राप्रपाका यज्ञवहादुर कार्की,मधेसी जनअधिकार फोरम लोकतान्त्रिका जयवहादुर राई,वडा न.४ का नेकपा माओवादी केन्द्रका गोभा पाख्रिन,वडा न.५ का मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमिशा लिम्बु,नेकपा माओवादी केन्द्रका हरिवहादुर प्रधान,राप्रपाका राजेन्द्र श्रेष्ठ,संघिय समाजवादी फोरमाका सोमवहादुर राईको पनि जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालय धनकुटाले जनाएको छ ।
यस्तै वडा न.६ का वडा अध्यक्ष उम्मेदवार नेकपा माओवादी केन्द्रका उत्तम खड्गी,राष्ट्रिय जनमुक्ति पार्टीका सन्तविर लामा तामाङ्ग,मधेसी जनधिकार फोरमका लिलाकुमारी प्रधानको जमानत जफत भएको छ भने वडा न.७ का वडा अध्यक्ष उम्मेदवार नेकपा माओवादी केन्द्रका सुरेन्द्र राई,वडा न. ८ का राप्रपाका भोलानाथ राई र वडा न. ९ का राप्रपाका किशोर भण्डारीको जमानत जफत भएको छ ।


