धनकुटामा भजन प्रतियोगिताको आयोजना, १३ जना प्रतियोगीलाई उछिन्दै ईन्दिरा राई प्रथम !

धनकुटा खबर, २१ असार । हरिशएनी एकादशी पर्वको अवसरमा धनकुटामा भजन प्रतियोगिताको आयोजना गरिएको छ ।

ज्येष्ठ नागरिक जिल्ला सघं धनकुटाको आयोजनामा भएको भजन प्रतियोगितामा १३ जनाले भाग लिएका थिए । प्रतियोगितामा ईन्दिरा राई प्रथम, रमा दाहाल दोश्रो र सकिला राणा, गोमा परियार र सर्मिला वस्नेत सात्वना हुनुभएको छ ।

ज्येष्ठ नागरिक जिल्ला सघं धनकुटाका अध्यक्ष रामवहादुर श्रेष्ठको अध्यक्षतामा भएको प्रतियोगिताका विजयीलाई नगद प्रदान गरिएको छ । भजन प्रतियोगितको निर्णायकमा पण्डित फडिन्द्रप्रसाद वराल,वद्रिनाथ अधिकारी,गोविन्द प्रसाद मैनाली रहनुभएको थियो । सो अवसरमा अन्य सहभागिहरुले भजन किर्तन समेत प्रस्तुत गरेका थिए । प्रतियोगिताको सञ्चालन ज्येष्ठ नागरिक जिल्ला सघं धनकुटाका सचिव कृष्णभागवत श्रेष्ठले गर्नुभएको थियो ।

यस्तै गत आईवार धनकुटामा पारिवारिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । पारिवारिक सचेतना कार्यक्रममा ज्येष्ठ नागरिकको अवधारणा,ज्येष्ठ नागरिकले भोग्नुपरेको समस्या,ज्येष्ठ नागरिकहरुलाई हेरचाह गर्ने तरिका तथा ज्येष्ठ नागरिक स्वयमले ध्यान दिनुपर्ने कुराहरुको वारेमा छलफल गरिएको छ ।

परिवारका सदस्यहरु सहभागि कार्यक्रमको सहजिकरण ज्येष्ठ नागरिक जिल्ला सघं धनकुटाका अध्यक्ष रामवहादुर श्रेष्ठ,वरिष्ठ उपाध्यक्ष ईन्द्रवहादुर श्रेष्ठ,उपाध्यक्ष जयाँ राई, सचिव कृष्ण भागवत श्रेष्ठ, सरस्वती श्रेष्ठ लगायतले सहजिकरण गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।