साउन ५ बाट पूर्वाञ्चल स्तरीय ट्यालेन्ट शो
धनकुटा खबर, असार २२ । टिन्स क्रियू डान्स सेन्टर धनकुटाले पूर्वाञ्चल स्तरीय गट् ट्यालेन्ट शो सन्चालन गर्ने भएको छ ।
आयोजनक संस्थाले बिहिबार पत्रकार सम्मेलन मार्फत् प्रेस बिज्ञप्ती जारी गरेर साउन ५ बाट पूर्वका बिभिन्न स्थानबाट अडिसन शुरु गर्ने जानकारी दिएको छ ।

एकल नृत्य,गायन र अभिनय गरी तीन बिद्याका लागि साउन ५ गते झापा, ६ गते सुनसरी, ७ गते संखुवासभा, ९ गते तेह्रथुम, १२ गते भोजपुर र १४ गते धनकुटामा अडिसन हुने संस्थाका अध्यक्ष जयन्ती राईले जानकारी दिए ।
ट्यालेन्ट शो मा प्रथमलाई नगद रु १ लाख र ५ लाख बराबरको जीवन बिमा,दोस्रो हुनेलाई २ लाख बरावरको जीवन र टप टेन हुनेहरुलाई संयुक्त म्युजिक भिडियोको सुबिधा दिईने आयोजकले जानकारी दिएको छ ।
मंसिर २३ गते धनकुटामा हुने फाईनल अडिसनका लागि राष्ट्रिय कलाकारहरु दयाहाङ्ग राई र प्रियंका कार्की निर्णयक रहने छन् ।
२०७० सालमा धनकुटामा स्थापना भएको यस संस्थाले गत बर्ष देखि पूर्वाञ्चल स्तरीय गट् ट्यालेन्ट शो शुरु गर्दै आएको छ ।


