विमान दुर्घटनामा पाँचको मृत्यु

जाकार्ता, २२ असार । इन्डोनेसियाको पपुवा प्रान्तमा एउटा सानो विमान दुर्घटना हुँदा त्यसमा रहेका कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ ।

इन्डोनेसियाली वायुसेवामा भएको यो पछिल्लो दुर्घटना हो । यसअघि गत शुक्रबारमात्र पनि इन्डोनेसियाको जाभा प्रान्तमा भएको हेलिकोप्टर दुर्घटनामा आठ जनाको मृत्युभएको थियो ।

इन्डोनेसियाको वामेना सहरबाट बुधबार मध्याह्न उडेको विमान त्यसको आठ मिनेटपछि टावरसँग सम्बन्ध विच्छेद भएको थियो ।

यो विमान वामेनाबाट छिमेकी प्रान्त नदुगाका लागि उडेको थियो । वामेना विमानस्थलबाट १४ किलोमिटर टाढा रहेको पहाडी इलाकामा बुधबार खसेको विमानका भग्नावशेष राति फेला परेका थिए ।

यस विमानमा तीन यात्रु र चालकदलका दुई जना सदस्य रहेका थिए । विमान चालक एक डच नागरिक थिए भने अरु इन्डोनेसियाली नागरिक थिए । उद्वारकर्ताहरुले पाँच व्यक्तिको शव फेला पारेको बताइएको छ । रासस÷एएफपी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।