‘स्याण्डवीच हुन सिक्किम भारतमा गाभिएको होईन’ : सिक्किमी मुख्यमन्त्री

काठमाडौं । गोर्खाल्याण्ड आन्दोलनलाई लिएर पछिल्लो केही दिनदेखि सिलगढी सिक्किमका बाहनहरु तोडफोड गर्ने तथा चालकलाई कुटपीड गर्ने घटनालाई लिएर मुख्यमन्त्री पवन चाम्लिङले कडा प्रतिक्रिया व्यक्त गरेका छन् । बुधबार सिक्किमको चिसोपानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सिक्किमले धानखाने मुसा चोट पाउने भ्यागुता भनेजस्तो चोट पाईरहेको उनले बताए ।

दक्षिणमा सिलगढीको समस्या र उत्तरमा छिमेकी राष्ट्र चीनको चलखेलले सिक्किम राज्य दोहोरो मर्कामा परेको छ भन्दै सिक्किम यसरी स्याण्डवीच हुन भारतमा सामेल नभएको मुख्यमन्त्रीले बताए । चाईना र बङ्गालको स्याण्डवीच हुन सिक्किम हामीले भारतमा गाभेका होईनौं । उनले भने ।

वर्तमान स्थितीलाई लिएर आफू भारत सरकारसँग निरन्तर सम्पर्कमा रहेको र यस विषयमा आफूहरु सर्वाेच्च न्यायालय जाने तयारीमा समेत रहेको चाम्लिङले बताए । हामी भारतको संघीय व्यवस्था भित्र छौं । सिक्किम भारतको २२ औं राज्य हो । हामीले सिक्किमलाई भारतमा गाभेर देशभक्ति देखाएका हौं । माथि चीन बोर्डरमा लडाईं हुने आशंका छ । त्यहाँबाट पनि हामीलाई डर छ । तलबाट हामीलाई चामल नै आउन नदिने ।

के हामी इण्डियन होईनौं ? यो देशमा के हामीलाई बाँच्ने हक छैन ? सीमानामा हामीले विना तलव सिपाही जस्तो भएर बसेका छौं । हाम्रो कति ठूलोे योगदान छ हाम्रोलागि ? उनले भने ।

सिक्किम राज्य पानीको पानीको स्रोत भएको भन्दै आफूले बंगाललाई पानी दिएको सम्झाए । पछिल्लो ३० वर्षदेखि सिक्किमको बाटो थुन्ने काम भएको तथा ३० वर्षदेखि मल्ली र रम्फूकाटेपछि सिक्किमेहरु डराईडराई हिँड्नुपरेको सम्बोधनका क्रममा बताए । यस समयमा सिक्किम राज्यलाई प्रायः ६० हजार करोड रुपैयाँ नोक्सान भएको चाम्लिङलार्इ उद्दृत गर्दै सिक्किमबाट प्रकाशित हुन् हिमालयन दर्पणले जनाएको छ ।

यसैबीच बुधबार चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाईम्सले लेखेको सम्पादकीयमा भारतले सिक्किम कसरी अपधस्त गरेको छ भन्ने कुरा सारा विश्वलाई चेतना भएको भन्दै भारतको अतिवाद चलिरहे चीनले सिक्किमलाई स्वतन्त्र राज्य बनाउन आफूले पनि पहल गर्ने चेतावनी दिएको छ । सम्पादकीयमा भारतले चीनमाथि प्रयोग गरेको दलाईलामा कार्डले चीनलाई केही असर नगर्ने भन्दै त्यो कार्ड अब पुरानो भईसकेको जनाएको छ । चिनियाँ समुदायले सिक्किम छुट्टिन चाहेमा खुल्ला हृदयले सहयोग गर्ने पनि बताएको छ ।

सम्पादकीयमा भारत आफ्नो औपनिवेशिक नीति लिएर हिँडेको भन्दै भुटानलाई पनि सिक्किमीकरण गर्ने प्रयासमा भारत रहेको आरोप लगाएको छ । भारतले दबाब बढाएपछि अहिले भुटान आफ्नो कूटनीतिक रुपमा कमजोर स्थिती प्रदर्शन गर्न थालेको बताउँदै यस्तो स्थितीले भारतलाई फाईदा नहुने चेतावनी पनि दिएको छ । अहिले भुटानको विदेश नीति भारतले नै हेर्ने गरेको छ । – हाम्राकुराबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।