यस्तो प्रतिवद्दता ब्यक्त गर्दै सागुरीगढी गाउँपालिका ८ का जनप्रतिनीधिहरुले सम्हाले कार्यभार !

धनकुटा खबर,असार २२ । सागुरीगढी गाउँपालिका वडा नं ८ का वडाध्यक्ष जनप्रतिनीधिहरुले आज पदभार ग्रहण गर्दै कार्यभार सम्हालेका छन् ।


तस्वीर – हरेन नाम्दुङ्

गत असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा विजयी वडाध्यक्ष जनप्रतिनीधि विनय राई सहित सदस्यहरु राम वहादुर राई, मणीकलाल राई,महिला सदस्य सञ्चमाया राई र दलित सदस्य ईन्द्र कुमारी सार्कीले पदभार ग्रहण गरेका हुन् ।

उनीहरुलाई वडा सचिव सूरज क्षेत्रीले पदभार ग्रहण गराएको स्थानीय पदम राईले जानकारी दिनुभयो । पदभार ग्रहणपछि वडाध्यक्ष राईले स्थानीय स्तरमा सुशासन कायम गर्ने, सेवाग्राहीलाई छिटोछरितो ढंगले सेवा दिने र सडक निर्माण र मर्मत सम्हारलाई पहिलो प्राथामिक्ता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

साथै उहाँले राहत रकम प्राप्तिका लागि त्यहाँका २८ जना द्धन्द्धपीडितहरुको नाम समेत जिल्ला प्रशासन कार्यलय समक्ष सिफारिस गर्नुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।