माओवादि केन्द्र धनकुटाद्वारा मतदाताहरुलाई धन्यवाद ज्ञापन
धनकुटा खबर, असार २३ । स्थानीय तहको सम्पन्न निर्वाचनमा धनकुटा जिल्लाका मतदाताहरुले उत्साहा जनकरुपमा मतदान गरी निर्वाचनलाई भव्य रुपमा सफल बनाएको भन्दै माओवादि केन्द्र धनकुटाले धनकुटेली सवै मतदाताहरुलाई हार्दिक धन्यवाद दिएको छ ।
केन्द्रले शुक्रबार धनकुटामा पत्रकार सम्मेलन गरि जनमत प्रति सम्मान व्यक्त गर्दै विजयी सवै उम्मेदवारहरुलाई बधाई तथा शुभकामना समेत दिएकोे छ ।
धनकुटा जिल्लाको ७ वटा तहमा भएको स्थानीय तहको निर्वाचनमा ७२.२३ प्रतिशत मतदान गर्ने जनता र सबै राजनैतिक दलहरुलाई समेत केन्द्रले धन्यवाद दिएको छ ।
पत्रकार सम्मेलनमा माओवादि केन्द्र धनकुटाले जनमतको सम्मान गर्दै आगामी दिनमा अझ पार्टीको संगठनलाई सशक्त ढंगले विस्तार गर्ने इन्चार्ज उज्जवल किरातीले बताउनुभयो ।


