निर्वाचित जनप्रतिनिधिहरुलाई बाणिज्य संघ धनकुटाद्वारा सम्मान
धनकुटा खबर, असार २३ । धनकुटा उद्योग वाणिज्य संघ धनकुटाले धनकुटाका सातैवटा स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिएको छ ।
धनकुटामा आज एक कार्यक्रमको आयोजना गरि धनकुटाका सातैवटा स्थानिय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष,उपाध्यक्ष तथा धनकुटा नगरपालिकाका १० वटा वडाका अध्यक्ष तथा सदस्यहरुलाई सम्मान तथा शुभकामना दिएको हो ।
उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष उमेश घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनकुटानगरपालिकाका प्रमुख निन्तन तामाङ,उपप्रमुख सकुन्तला बस्नेत, महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शु नेपाल पाख्रिवास नगरपालिका प्रमुख विर्ख राई लगायतले बोल्नु भएको थियो । उहाहरुले मतदाता समक्ष गरेको बाचा र घोषणपत्रमा उल्लेख गरेको सबै प्रतिबद्धताहरु इमान्दारीताका साथ पुरा गर्ने समेत प्रतिबद्धता जनाएका छन ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उपरेतीले धनकुटामा स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई बदाइ दिनुभयो । कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, सञ्चारकर्मी तथा उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

