धनकुटालाई अपांगता मैत्री र हिंसा रहित बनाउने नवनिर्वाचित जनप्रतिनीधिहरुको प्रतिवद्धता

धनकुटा खबर, असार २४ । धनकुटाका नवनिर्वाचित प्रतिनीधिहरुले धनकुटाका हरेक स्थानिय निकायहरुलाई अपांगता मैत्री र महिला हिंसा मुक्त बनाउने बताएका छने ।

महिला पुःनस्थापना केन्द्र धनकुटाले शनिबार आयोजना गरेको एक अन्तिरक्रिया कार्यक्रममा उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

अपांगता ब्यक्तिहरुलाई समाजले पहिलो प्राथमिकता दिनु समाजको पहिलो कर्तब्य भएकोले स्थानिय तहको हरेक तह अपांगता मैत्री बनाईने धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले बताए ।

त्यस्तै चौबिसे गाउँपालिकाका उप–प्रमुख यज्ञ कुमारी रुचालले अब समाजमा आफ्नै मान्छेहरुबाट महिलाहरु पिंडित हुने दिनको अन्त्य हुने कुरा बताए ।

उक्त कार्यक्रममा पाख्रिबास नगरपालिकाका मेगर बिर्ख बहादुर राई,महालक्ष्मि नगरपालिकाका मेयर परशुराम नेपाल,छथर जोरपाटीका प्रमुख शेर बहादुर लिम्बु,खाल्सा छिन्ताङ सहिदभूमिका प्रमुख मनोज राई,चौबिसे गाउँपालिकाका प्रमुख खजिन्द्र याखा लगाएतले मन्तब्य राखेका थिए ।

त्यस्तै धनकुटा नगरपालिकाका उप–मेयर सकुन्तला बस्नेत,महालक्ष्मि नगरपालिकाका उपमेयर मन्जु अधिकारी लगाएतले मन्तब्य राखेका थिए ।

‘अपांगता भएका ब्यक्तिहरुलाई मायां हैन,अबसर दिऔं’भन्ने नाराका साथ संस्थाका अध्यक्ष जया राईको अध्यक्षतामा सम्पन्न उक्त एक दिवशिय कार्यक्रममा जिल्लाका ७ तहका जनप्रतिनीधिहरुलाई संस्थाले खादा ओढाएर सम्मान गरिएको थियो ।

महिला तथा बालबालिका कार्यालय धनकुटाको सहयोग तथमा सम्पन्न उक्त काकार्यक्रममा अपांग सेवा संघका केन्द्रिय सदस्य यमबहादुर बस्नेतले अपांगता सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।