किन एकाएक चीनद्वारा भारतमा रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरियो ? यस्तो छ कारण…

भारतसँग बढ्दो तनावकाबीच चीनले शनिबार एक ‘एडभाइजरी’ जारी गर्दै भारतमा बसोबास गर्दै आइरहेका आफ्ना नागरिकलाई सर्तक रहन आह्वान गरेको छ।

जी–२० देशका राष्ट्र प्रमुखको जर्मनीको ह्यामवर्गमा चलिरहेको दुई दिवसीय सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपीङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच अनौपचारिक भेट भएको २४ घण्टा नबित्दै नयाँ दिल्लीस्थित चिनियाँ दूतावासले एडभाइजरी’ जारी गरेको हो।

यी दुई नेताले ब्रिक्स राष्ट्रका प्रमुखबीच छुटै भएको अनौपचारिक भेटघाटमा एक–अर्काको तारिफ गरेका थिए। उनीहरुले सम्मेलनमा हात मिलाएर अभिवादन गरेका थिए। यस अवसरमा चिनियाँ राष्ट्रपतिले भारतसँगको बढ्दो तनावतर्फ लक्षित गर्दै भनेका थिए ,’क्षेत्रीय संघर्ष र विवादको राजनीतिक एवम् शान्तिपूर्ण समाधान खोज्नु पर्छ।’

चिनियाँ समाचारमाध्यम सिन्ह्वाका अनुसार जिनपिङले ब्रिक्स राष्ट्रका प्रमुखहरुलाई सम्बोधन गर्ने क्रममा विश्वमुक्त अर्थव्यवस्थाको सहज निमार्ण, बहुपक्षीय हितलाई समर्थन र साझा विकासको अवधारणालाई प्रोत्साहित गर्न आह्वान गरेका थिए।

बैठकमा छिमेकी देशका दुई नेतासँगै ब्राजिलका राष्ट्रपति माइकर टेमेर, रुसका भ्लाद्मिर पुटिन र दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकब जुमा पनि सहभागी थिए।

चीनले भुटानसँगको पहुँचलाई नजिक्याउन बाटो निमार्ण कार्य थालेपछि भारतको छटपटी सुरु भएको थियो। अहिले यी दुई देशका सेनाहरु सिक्किमको सीमा डोकलाममा युद्धको अवस्थामा तैनाथ छन्।

चीनले यही सीमा नजिकैबाट भुटानसम्म पुग्ने बाटो निमार्णलाई तीव्रता दिएको थियो। बाटो निमार्ण कार्यलाई रोक्न भारतले सेना तैनाथ गरेपछि चीनले कडा चेतावनी दिँदै आइरहेको छ। – श्रोत सेतो पाटी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।