भारत र पाकिस्तानको सीमा क्षेत्र कस्मिरमा झडप, ७ जनाको मृत्यु

एजेन्सी, असार २५ । भारत र पाकिस्तानको सीमा क्षेत्र कस्मिरमा रहेको नियन्त्रण रेखामा गोली चल्दा सात जनाको मृत्यु भएको छ ।

सीमा क्षेत्रमा भएको गोली हानाहानमा सात जनाको मृत्यु भएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पाकिस्तानको चिडी कोट सेक्टरमा भएको गोली हानाहानमा एक महिलासहित चार जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।यस्तै शनिबारै नकयाल सेक्टरमा भारतीय सेनाको गोली लागेर अर्की एक महिलाको पनि मृत्यु भएको छ ।

यस्तै पाकिस्तानी सेनाले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको भारतीय अधिकारीले बताएका छन् । एक वर्षअघि भारत प्रशासित काश्मिरमा हिज्जबुल मुजाहिदिनका कमाण्डर बुरहान बानीको प्रहरीको गोली लागेर ज्यान गएपछि काश्मिरमा तनाव भइरहेको छ ।बानीको ज्यान गएको एक वर्ष पूरा भएकोमा काश्मिरमा हड्ताल भइरहेका बेला नियन्त्रण रेखामा गोली चलेको हो । झडप नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ ।

शनिबार दिनभर काश्मिरका विभिन्न ठाउँमा प्रदर्शन तथा झडप भएका छन् । त्यसक्रममा धेरै घाइते भएका छन्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।