स्थानिय निकायको कानुनी तथा नितिगत व्यवस्था पालना अनुगमन कार्यक्रमको अन्तिम नतिजा सार्वजनिक

धनकुटा खबर, २६ असार । स्थानिय निकायको कानुनी तथा नितिगत व्यवस्था पालना अनुगमन कार्यक्रमको अन्तिम नतिजा सार्वजनिक गरिएको छ । स्थानिय शासन उत्तरदायि संयन्त्र एलजिएफ सचिवालयको सहयोगमा धनकुटा जिल्लामा सञ्चालन गरिएको कार्यक्रमको आज अन्तिम नतिजा सार्वजनिक गरिएको हो ।

स्थानिय निकायहरुमा जवाफदेहिता अभिवृद्धिका लागी जनहित असल शासन क्लब कुरुलेतेनुपा धनकुटा मार्फत स्थानिय निकायको कानुनी तथा नितिगत व्यवस्था पालना अनुगमन कार्यक्रम सञ्चालन गरिएको छ ।

उक्त कार्यक्रम धनकुटा जिल्लाका साविक दुई नगरपालिका र २८ गाविसमा सञ्चालन गरिएको छ । अन्तिम नजिता सार्वजनिक गर्नुहुदै कार्यक्रम संयोजक हुकुम प्रसाद दाहालले योजनाको सार्वजनिक परिक्षण विधि तथा जवाफदेहिताका औजारहरुको प्रयोगका साथै नागरिक अधिकार युक्त सेवामा राज्यले नागरिकलाई दिएको सेवा सुविधा,नागरिकका अधिकार र अधिकार प्राप्तिका गर्न नागरिकले निभाउनु पर्ने दायित्वको वारेमा जानकारी गराईएको वताउनुभयो ।

साथै उहाँले कार्यक्रम सञ्चालन भएपछि सवै ठाउँमा नागरिक वडा पत्रको व्यवस्था,सुझाव पेटिका तथा उजुरी पेटिकाको व्यवस्था भएको वताउनुभयो । साथै सार्वजनिक सुनुवाई नभएका गाविसमाहरुमा पनि सार्वजनिक सुनुवाई गर्ने कार्यको शुरुवात भएको र योजना तर्जुमा प्रक्रियामा समावेशी रुपमा सहभागिता हुन थालेको कार्यक्रम संयोजक दाहालले वताउनुभयो । यसका साथै सामाजिक सुरक्षा भत्ता सम्वन्धि सर्वेक्षण तथा अनुगमन समेत गरिएको कार्यक्रममा जानकारी गराईएको थियो ।

सो अवसरमा सहभागिहरुले कार्यक्रमले स्थानिय निकायलाई जवाफदेहिता र पारदर्शि वन्न सहयोग पुगेको वताएका छन् । साथै उनिहरुले कार्यक्रम सञ्चालन हुनु अघिको अवस्था र कार्यक्रम सञ्चालन भएपछि पुगेको फाईदा तथा आएको परिर्वतनको वारेमा समेत विश्लेषण गर्न सुझाव दिएका छन् । कार्यक्रममा विभिन्न राजनितिक दल,सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि,सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।