रातिको खाना ढिलो पस्केको भन्दै पत्नीलाई गोली हानेर मार्ने व्यक्ति पक्राउ
काठमाडौं, २६ असार । पत्नीले रातिको खाना ढिलो पस्केको आरोप लगाउँदै उनलाई गोली हानेर मार्ने एक ६० वर्षीय पुरुषलाई भारतीय प्रहरीले पक्राउ गरेको बताएको छ । अशोक कुमार शनिवार राति रक्सी खाएर घर र्आपछि पत्नीसँग झगडा गर्न थालेको थियो ।
पत्नी सुनैनालाई उसले टाउकोमा गोली हानेको थियो । उनलाई तत्कालै अस्पताल पु–याइएको भएपनि बाटैमा उनले प्राण त्यागिसकेकी थिइन् । कुमारले अपराध कबूल गरेको र पश्चात्ताप पनि देखाएको वरिष्ठ प्रहरी अधिकारी रूपेश सिंहले बताए ।
‘कुमार सधैं जाँड खान्थे । शनिवार पनि उनी धोकेर आएका थिए र पत्नीसँग झगडा गर्न थाले । उनी लोग्नेको पिउने बानीबाट हायलकायल भएकाले यसबारेमा कुरा गर्न चाहन्थिन् तर पति चाहिँ तत्कालै खाना खान चाहन्थे,’ सिंहले बताए ।
‘उनले खाना ढिलो पस्केको रिसको सुरमा पत्नीलाई गोली हाने ।’
भारतमा महिलाविरुद्ध घरेलु हिंसाका खबरहरू प्रायः आइरहेका हुन्छन् । – बीबीसी


