धनकुटाको पाख्रीवास स्थित सिमसार क्षेत्रमा अब पर्यटकहरुले धार्मिक स्थलको पनि दर्शन गर्न पाउने

धनकुटा खबर, असार २६ । पर्यटकीय स्थल धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ४ स्थितको श्री संसारी माईपूजा सिमसार क्षेत्रमा अव पर्यटकहरुले धार्मिक स्थलको पनि दर्शन गर्न पाउने भएकाछन् ।

श्री संसारी माईपूजा सिमसार क्षेत्र संरक्षण समितिको पहलमा यहाँ पूर्वाञ्चलकै अग्लो गौतम वुद्धको मूर्ति निर्माण गरिएसँगै पर्यटकहरुले धार्मिक स्थलको दर्शन गर्न पाउने भएका हुन् ।

सांसद विकास कोषको १० लाख र समितिका अध्यक्ष ज्ञान वहादुर गुरुङ्ग सहित अन्य सदस्यहरुको जनश्रमदान तथा आर्थिक लगानी गरी जम्मा ३० लाखको लागतमा यहाँ गौतम वुद्धको मूर्ति वनाईएको हो ।

स्थानीय समाजसेवी तीलमाया मानन्धर र गोपाल मानन्धरले नि शूल्क प्रदान गर्नुभएको जग्गामा करिव साढे सत्ताईस फुट अग्लो गौतम वुद्धको मूर्ति निर्माण गरिएको हो ।

समितिलाई उधृत गर्दै यो मूर्ति पूर्वाञ्चलका अन्य स्थानका वुद्धको मूर्तिहरु भन्दा भएको मूर्ति निर्माण समितिका सवईञ्जिनीयर निरोज गुरुङ्गले जानकारी दिनुभएको छ ।

यसअघि यहाँ घुम्न आउने पर्यटकहरुले सिमसार, पोखरी,चियावगान र विभिन्न जातका विरुवा उत्पादन एवम् विक्रि वितरण गरिने नर्सरीको मात्र दृष्य अवलोकल गर्दै पीकनीक खान र रमाउन पाउथे भने अव वुद्धको मूर्ति समेत वनिएपछि धार्मिक दर्शन समेत गर्न पाउने समितिले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।