‘जुन दलले जिते पनि सिंगो माओवादी केन्द्र कै जित’
माओवादी केन्द्र पाख्रीवास नगर कमिटीद्वारा मतदाताहरुलाई धन्यवाद ज्ञापन
धनकुटा खबर, असार २६ । गत असार १४ गते सम्पन्न दोश्रो चरणको स्थानीय तह निर्वाचनमा उत्साह पूर्वक सहभागी भई मतदान गर्ने सम्पूर्ण मतदाताहरुलाई नेकपा माओवादी केन्द्र पाख्रीवास नगर कमिटीले धन्यवाद ज्ञापन गरेको छ ।
कमिटीको आज पाख्रीवासमा वसेको समिक्षा वैठक मार्फत एक प्रेस विज्ञप्ती जारी गर्दै सवै मतदाताहरुलाई नगर कमिटीले धन्यवाद ज्ञापन र गरेको हो ।
नगर ईञ्चार्ज सपना निरौलाको अध्यक्षतामा वसेको समिक्षा वैठकले स्थानीय तहको निर्वाचनमा धनकुटाको पाख्रीवास सहित जिल्लाको धेरै स्थानमा पार्टीले जीत हाँसिल गर्न नसके पनि स्थानीय तहको निर्वाचन हुनु र स्थानीय तह सम्म अधिकार आईपुग्नु भनेको नेकपा माओवादी केन्द्र कै एजेण्डा भएको कारण जुन पार्टी वा दलले जिते पनि सिंगो नेकपा माओवादी केन्द्र कै जित भएको निष्कर्ष निकालिएको पार्टीका जिल्ला सदस्य योगेन्द्र निरौलाले जानकारी दिनुभयो ।

साथै स्थानी तहको निर्वाचन मार्फत अन्य पार्टीवाट भएपनि केही महिला तथा दलित महिलालाई स्थानीय तहमा स्थापीत गर्न सकिएको पनि निष्कर्ष नगर कमिटीले निकालेको छ । कमिटीले स्थानीय तहको निर्वाचन वाट जिल्लाको विभिन्न नगर तथा गाउँपालिकामा निर्वाचत भएका सवै जनप्रतिनीधिहरुलाई वधाई तथा सफल कार्यकालको शूभकामना पनि ज्ञापन गरेको छ ।


