इजरायलमा ऐतिहांसीक हरितालिका तीज कार्यक्रम आयोजना हुदै, नेपालबाट आउने भए यी चर्चित कलाकार

इजरायल । यो वर्ष इजरायलमा ऐतिहांसीक तीज कार्यक्रम हुने भएको छ । इजरायलमा कृयाशिल झण्डै चार दर्जन संघसंस्थाको सहकार्यमा वृहत कार्यक्रम हुन लागको हो । आगामी अगस्त २५ तारीखमा हुने हरितालिका तीज कार्यक्रमका लागि ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरु इजरायल आउने भएका हुन् ।

कार्यक्रमका लागि हास्यकलाकार सुजित थापा, लोक तथा दोहोरी गायक बद्री पंगेनी, गायिका कालिका रोका मगर , गायिका भूमिका गिरी लगायतका कलाकार आउने निश्चित भइसकेको मुल आयोजक समितिका संयोजक दिपक वलीले लाइटनेपाललाई जानकारी दिए ।

त्यसो त इजरायलमा यस्तो सांस्कृतिक कार्यक्रम नभएका होइनन् । तर यसरी सबै मिलेर एकै ठाउं गर्न लागिएको यो पहिलो पटक हो । विभिन्न संघ संस्थाले छुट्टा छुट्टै कार्यक्रम आयोजना गर्दा आयोजकलाई आर्थिक रुपमा नोक्सानी बेहोर्नु पर्ने र दर्शक पनि बांडीने भएकाले यो वर्ष सबै संघसंस्थाले एकै पटक एकै ठाउंमा कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

इजरायलको स्मोलार्ज तेल अभिबमा हुन् लागेको कार्यक्रम साझ ७ बजे देखि सुरु हुने आयोजकले जनाएको छ । महिलाको विशेष चाड भएकाले विदेशमा रहेका नेपाली दिदीवहिनीलाई मध्यनजर गरेर दर खुवाउने कार्यक्रम समेत राखिएको छ । दर खानका लागि आयोजकले सांझ ७ वजे देखि ९.३० वजे सम्मको समय छुट्याएको छ भने त्यस पछि विहान ३ वजे सम्म सांस्कृतिक कार्यक्रम संचालन हुनेछ । इजरायलमा रहेका सम्पूर्ण संघ सस्था मुल आयोजक रहेर गर्न लागिएकाले यो कार्यक्रम ऐतिहांसीक हुने संयोजक वलीले विश्वास ब्यक्त गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।