धनकुटा कर्मिटारका महिलाहरुले आफ्नै सक्रियतामा कृषक समुहको भवन निमार्ण गरे

धनकुटा खबर,२८ असार । धनकुटा नगरपालिका वडा न.५ कर्मिटारका महिलाहरुले आफ्नै सक्रियतामा भवन निमार्ण गरेका छन् । ताजा तरकारी फलफुल उत्पादक कृषक महिला समुहमा आवद्ध महिलाहरुले समुहको भवन निमार्ण गरेका हुन् ।

भवन अभावका कारण स्थानिय कृषकहरुले उत्पादन गरेको तरकारी तथा फलफुल संकलन गरि विक्री वितरण गर्न समस्या भएपछि भवन निमार्ण गरिएको ताजा तरकारी फलफुल उत्पादक कृषक महिला समुहका अध्यक्ष दुर्गा देवी श्रेष्ठले वताउनुभयो । करिव ५ लाख वरावरको लागतमा दुई कोठे भवन निमार्ण गरिएको छ ।

भवन निमार्णका लागी धनकुटा नगरपालिकावाट एक लाख १० हजार रुपैया विनियोजन भएको थियो भने वाँकी रकम महिला समुह आफैले लगानी गरेको छ । यसका साथै सिडिएक्स र सिडिपिले ४० हजार रुपैया वरावरको निमार्ण सामग्री सहयोग गरेको अध्यक्ष श्रेष्ठले वताउनुभयो ।

भवन निमार्ण भएपछि स्थानिय कृषकहरुले उत्पादन गरेका कृषिजन्य उपज संकलन तथा विक्री वितरणमा सहज भएको स्थानिय कृषकहरुले वताएका छन् । आफ्नै भवन निमार्ण भएपछि ताजा तरकारी फलफुल उत्पादक कृषक महिला समुहको वैठक लगायत समुहले सञ्चालन गर्ने विभिन्न क्रियाकलापहरु सञ्चालनमा सहज भएको छ ।

ताजा तरकारी फलफुल उत्पादक कृषक महिला समुहमा ४० जना कृषक महिलाहरु आवद्ध रहेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।