धनकुटा स्थित जिरोप्वाईन्टमा विभिन्न आकृतिका मुर्ति फेला
धनकुटा खबर,२८ असार । धनकुटा नगरपालिका वडा न.७ जिरोप्वाईन्टमा विभिन्न आकृतिका मुर्ति फेला परेको छ ।

धनकुटा नगरपालिका वडा न.७ जिरोप्वाईन्टमा राधाकृष्ण मन्दिर निमार्णका क्रममा शिव, पार्वती, गणेश,उँ लगायत विभिन्न आकृति जन्य मुर्तिको शिला फेला परेको राधाकृष्ण मन्दिर निमार्ण समितिका अध्यक्ष गोपालप्रसाद भण्डारीले वताउनुभयो ।
शिव,पार्वती,गणेश उँ लगायतका विभिन्न आकृतिजन्य मुर्तिको शिला गत जेठ ३ गते राधाकृष्ण मन्दिर निमार्ण समितिका कोषाध्यक्ष अम्विका पाण्डेले फेला पार्नुभएको थियो ।
मन्दिर निमार्णका क्रममा विभिन्न आकृति जन्य शिला भेटिएपछि उक्त मुर्ति शिला प्रतिस्थापनका लागी सहयोग गरिदिन मन्दिर निमार्ण समितिले सवै भक्तजनहरुमा आग्रह गरेको छ ।


