घरेलु कामदारका लागि कुवेत पुगेकी महिलाको चित्कार : बरु मागेर खाउ, गिटी कुट, नेपाली चेली बिदेश नजाउ (भिडियो सहित)
मेरो नाम तोबा बिक हो । मेरो घर दागं घोराही उपमहानगरपालीका ८ मा पर्छ । म अहिले ४४ वर्षकी भए । एक त दलित परिवार त्यसमाथि बिपन्न । घरमा खुर्सानी किनेर खाने पनि पैसा थिएन । गाउँ घर छिमेकमा मागेर गुजारा चलाउँथे । यस्तो अवस्थामा गाउँ कै दलालले विदेश पठाउने मेनपावर कम्पनीका बारेमा जानकारी दिए । म काठमाण्डौ कै कुनै मेनपावर कम्पनी मार्फत कुवेत पुगे । पढ्न लेख्न नजान्ने भएकाले त्यो मेनपावरको नाम अहिले म भन्न सक्दिन । म गैरकानुनी रुपमा कुवेत पुगेको होइन । नेपालकै हवाई मैदान प्रयोग गरेर म कुवेत पुगेकी हुँ । मलाई कुवेत पठाउने मेनपावर कम्पनीले दुई जना बुढाबुढीको सेवा गर्ने भनेर यहाँबाट पठाएको थियो । तर कुवेत पुगे पछि त्यहाँ २ जना होइन २५ जनाको परिवार हेर्नुपर्ने रहेछ । म दमको बिरामी थिए । दुई जना बुढबुढीको स्याहार सुसार गर्ने हो भनेको हुनाले काम गर्न सक्छु भन्ने लागको थियो । त्यही सोंचेर बिदेशी भुमीमा पाइला टेकें । तर त्यहाँ बुढाबुढी मात्र होइन । जवान युवायुवती पनि थिए । २५ जनाको जत्थाका लागि मैले काम गर्नुपर्ने । हुन त यो पीडा अहिले सम्म मैले कसैलाई भनेकी थिइन । आज तपाईले सोधेको हुनाले भन्दै छु । २५ जनालाई खाना, खाजा पकाउने, भाँडा माझ्ने, उनीहरुका लुगा धुने सबै काम गर्नुपर्ने । म त्यहाँ पुगेको १० दिन पछि नै म माथि अत्याचार सुरु हुन थाल्यो । काम गर्दा गर्दै पनि पालै पालो सबैजना म माथि ठुलो ठुलो स्वरमा कराउंथे ।… थप जानकारी हेर्नुहोस् भिडियोमा


