धनकुटामा ३ महिना भित्रमा सबै वडा कार्यलयहरु स्थापना गर्ने, आज धनपा १ हिलेको वडा कार्यलय उद्घाटन

धनकुटा खबर, असार २८ । धनकुटा नगरपालिका वडा नं १ हिलेको वडा कार्यलय आज उद्घाटन गरिएको छ ।

वडाध्यक्ष निरेन तामाङ्गको अध्यक्षता तथा धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ्गको प्रमुख आतिथ्यमा सञ्चालित एक कार्यक्रमको वीच हिले विहिवारे हाट स्थितको सामुदायीक भवनमा वडा कार्यलय स्थापना गरी उद्घाटन गरिएको हो ।

वडा कार्यलय उद्घाटन कार्यक्रममा वोल्दै धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत तीर्थ प्रसाद धितालले तीन महिना भित्रमा सवै वडा कार्यलयहरु स्थापना गरी ती कार्यलयहरुवाटै कार्य सम्पादन सुचारु हुने जानकारी गराउनुभयो । उहाँले अव स्थानीय तहले आफ्नो प्रत्यायोेजनका लागि आवश्यक कानुन र नीति समेत वनाएर कार्यन्वयन गर्न सक्ने भएको पनि सहभागीहरुलाई जानकारी गराउनुभयो ।

अधिकृत धितालले तत्कालका लागि कर्मचारी कम हुँदा काममा केही समस्या भएपनि विस्तारै विषयगत कार्यलयहरु स्थानीय निकायमा समायोजन हुदै वडा कार्यलयमा कर्मचारीहरु थपीदै गएपछि काम काममा सहजता र प्रभावकारिता आउने वताउनुभयो ।

कार्यक्रममा मेयर तामाङ्ग सहित अन्य जन प्रतिनीधिहरुले स्थानीय तहको निर्वाचन अघि आफुहरुले जनता समक्ष प्रस्तुत गरेको विकास निर्माणका प्रतिवद्धताहरु काम गरेर पूरा गर्ने वताएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।