साउदी अरबमा एघार जना विदेशी कामदारको मृत्यु

रियाद, २८ असार । साउदी अरबको एउटा घरमा आगलागी हुँदा घरभित्रै निसास्सिएर बुधबार एघार विदेशी कामदारको मृत्यु भएको छ ।

झ्याल नभएको घर भएकाले उनीको निसास्सिर मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

अग्नी नियन्त्रकहरूले भनेका छन्, “बाहिरबाट हावा आवतजावत गर्नेगरी ‘भेन्टीलेटर’ नभएको पुरानो घरमा आगलागी भएकाले एघारको मृत्यु हुनुका साथै अरू छ जना घाइते भएका छन् ।”

घटनामा परी मृत्यु हुनेमा भारत र बङ्गलादेशका नागरिक रहेको नाजरान प्रदेशका नागरिक सुरक्षा अधिकारीले जानकारी दिए ।

सन् २०१५ मा सार्वजनिक गरिएको पछिल्लो आधिकारीक तथ्याङ्कअनुसार साउदी अरबमा ९० लाख विदेशी कामदारले काम गर्दछन् । तीमध्ये अधिकांश दक्षिण एसियाका रहेका छन् ।

विदेशी कामदारहरूले आफ्नो रोजगारदाताको अनुमति विना देश छोड्न नपाउने व्यवस्था साउदी अरबमा रहेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖