‘आदिकविलाई सम्झदा कोठा भित्र मात्र हैन अब चोक गल्लितिर पनि खुल्ला कार्यक्रम गर्दै आउने पुस्तालाई हस्तन्तरण गरौं’
भानु जयन्तिमा कविता वाचन
कवि तथा अग्रजहरुले कविता वाचन तथा भानुभक्तको बारेमा छलफल गरेर आदिकवि भानुभक्त आर्चायको २०४ औ जन्म जयन्ति कार्यक्रम आज धनकुटामा सम्पन्न भएको छ ।

श्री गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।सो कार्यक्रममा कवि घनाश्याम वराल औलाली,केजी सुब्बा,उत्तम लिम्वु,रोशन परियार,नरेन्द्र कश्चित,अनन्त अनुराग,तुलसा स्वादेशी,हेमचन्द्र नेपाल,मञ्जु गुराँगाई,भोलानाथ घिमिरे लगायतकाले कविता वाचन गरेर आदिकवि भानुभक्त आर्चायप्रति श्रद्धासुमन अर्पण गरे ।
आदिकवि भानुभक्त आर्चायको नेपाली साहित्यविधामा प्रमुख योगदान रहेकोले लोकले जहिल्यै पनि नविर्सने कुरा कार्यक्रमका प्रमुख अतिथिका रुपमा उपस्थित हुनु भएका धनकुटाका जिल्ला शिक्षा अधिकारी राम वहादुर थापाले बताउनु भयो ।भानुभक्तलाई सम्झिदाखेरि मोतिराम भट्टलाई समेत विर्सन नहुने प्राध्यपक गोपाल अधिकारीले बताउनु भयो ।भानुभक्तले लेखेको रामायणमा विश्वमा नपाइने भक्तिभाव दर्शाउने र साहित्य मिश्रित रहेकोले यो लोकले भानुभक्त आर्चायलाई नविर्सने प्राध्यपक अधिकारीले बताउनु भयो ।
आदिकवि भानुभक्त आर्चायलाई प्रोत्साहन गर्ने एउटा घाँसी थिए ।तिनै घाँसीको प्रेरणाबाट उनले रामायण जस्ता कृति निकाल्न सफल भए र लोकमा २०४औ वर्षमा समेत बाँचि रहेको कुरा नेपाल वार एसोसियनका जिल्ला अध्यक्ष आनन्द सन्तोषी राईले बताउनु भयो ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष सञ्जय सन्तोषी राईले भन्नु भयो,– आदिकवि भानुभक्त आर्चायलाई वर्षै पिच्छे सम्झना गर्दा कोठामा मात्र नसम्झि अव चोक गल्लितीर पनि खुल्ला कार्यक्रम गर्दै आउने पुस्तालाई कामहरु हस्तन्तरण गर्दै लाग्नु पर्ने कुरा बताउनु भयो ।यस्ता कार्यक्रमहरु राज्यस्त्तरबाट नै गर्न आजको आवश्यकता रहेको पनि पूर्व उपाध्यक्ष राईले बताउनु भयो ।
श्री गर्गाचार्य सामुदायिक विश्वभाषा पुस्तकालयका अध्यक्ष टिका प्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य पुस्तकालयका उपाध्यक्ष पृथसिंह दाहालले गर्नुभएको थियो ।कार्यक्रम संचालन पुस्तकालयका महासचिव मुकुन्द प्रयासले गर्नुभएको थियो ।


