धनकुटाका ३ यूवा सम्मानित
धनकुटा खबर, असार ३० । जिल्ला यूवा समिति धनकुटाले धनकुटाका ३ यूवा उद्यमी तथा प्रतिभाहरुलाई पुरस्कृत गरेको छ ।

समितिले शुक्रबार तीन महिने मोवाईल मर्मत तालिम समापन तथा सम्मान कार्यक्रमको आयोजना गरेर उनीहरुलाई पुरस्कृत गरिएको हो ।
पुरस्कृत हुनेहरुमा धनकुटा हिलेका ब्याडमिन्टन खेलाडी दरिमाया तामाङ(अन्जु),धनकुटा महालक्ष्मी नगरपालिकाका चानुवाकाका बाख्रापालक लेखनाथ पौडेल र धनकुटाको चाबैसे गाउँपालिका कुरुलेका कवि उत्तम लि रहेका छन् । पुरस्कृत सबैले नगद ७ हजार सहित दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो ।

समितिको अध्यक्ष अर्जुन छाराको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा धनकुटा नगरपालिका र महालक्ष्मी नगरपालिकाका मेयरद्वय चिन्तन तामाङ र पर्शु नेपालले सम्मान गर्नुभएको थियो ।
-> असार ३० गते धनकुटाका ३ यूवा सम्मानित बिषयक शिर्षकको समचारमा धनकुटा हिलेका ब्याडमिन्टन खेलाडी दरिमाया तामाङ(अन्जु) हुनु पर्नेमा अन्यता भएकोले सच्याईएको छ ।
- धनकुटा खबर अनलाईन प्रकाशन परिवार


