असल नेतृत्वका लागी अब युवाहरु संगठित भएर अगाडि बढ्नुपर्छ : जेसिसका केन्द्रिय अध्यक्ष प्रकास

जेसिस धनकुटाको ८ औ बार्षिक उत्सव, वधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

धनकुटा खबर, ३० असार । जेसिस धनकुटाको ८ औ बर्षिक उत्सवको अवसरमा शुक्रवार धनकुटा नगरपालिकाका प्रमुख,उपप्रमुख तथा वडा अध्यक्षहरुलाई सफल कार्यकालको शुभकामना सहित सम्मान गरिएको छ । जेसिस धनकुटा ८ औ बार्षिक उत्सव सहित वधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरि जेसिस धनकुटाले नवनिर्वाचित धनकुटा नगरपालिकाका प्रमुख,उपप्रमुख तथा १० वटै वडाका वडा अध्यक्षहरुलाई वधाई सहित सम्मान गरेको हो ।

जेसिस धनकुटाका अध्यक्ष प्रलाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान सहित वधाई तथा शुभकामना सहित सम्मानपत्र प्रदान गरिएको छ । यस्तै कार्यक्रममा जेसिस धनकुटाका अध्यक्ष प्रलाद दाहालका माता शान्तादेवी दाहाललाई सम्मान गरिएको छ ।

सो अवसरमा वोल्नुहुदै नेपाल जेसिसका केन्द्रिय अध्यक्ष प्रकास प्रसाद अधिकारीले जेसिस असल नागरिक बनाउने अभियान विगत केही वर्ष देखि क्रियाशिल रहेको वताउनुभयो । उहाँले जेसिसमा १८ वर्षदेखि ४० वर्ष सम्मका युवाहरु आवद्ध हुन सक्ने भन्दै असल नेतृत्वका लागी युवाहरु संगठित भएर अगाडि वढ्नुपर्नेमा जोड दिनुभयो । सकरात्मक ढंगवाट हरेक ठाउँको विकास गर्नु सक्नु पर्छ भन्ने मान्यतावाट जेसिस अगाडि वढिरहेको र जेसिसमा आवद्ध हुन चाहाने युवाहरुलाई सधै सहयोग गर्ने अध्यक्ष अधिकारीले वताउनुभयो ।

सो अवसरमा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग,नेपाल जेसिसका राष्ट्रिय उपाध्यक्ष मन्जरी घिमिरे,जेसिस धनकुटाको मातृशाखा ईटहरीका अध्यक्ष गोकुल थापा लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य जेसिस धनकुटाका पुर्व अध्यक्ष दिपक गुरागाईले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन जेसिस धनकुटाको मातृशाखा ईटहरी शाखाका महासचिव सुमन सुवेदीले गर्नुभएको थियो ।

यसैविच १३ सदस्यि जेसिस धनकुटा गठन गरिएको छ । उपाध्यक्षमा विनय ढकाल,महासचिवमा चन्द्रकला धमला,सचिवमा प्रदिप खतिवडा रहनुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।