बालपुनस्थापना सेवा केन्द्र धनकुटाको आयोजनामा धनकुटामा स्वागत तथा बधाई कार्यक्रम सम्पन्न
धनकुटा खबर, ३० असार । मदन आश्रित प्रतिष्ठान,बालपुनस्थापना सेवा केन्द्र धनकुटाको आयोजनामा शुक्रवार धनकुटामा स्वागत तथा बधाई कार्यक्रम सम्पन्न भएको छ । धनकुटा नगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षहरुको सम्मानका लागी स्वागत सहित वधाई कार्यक्रमको आयोजना गरिएको हो ।

वालपुनस्थापना सेवा केन्द्रका उपाध्यक्ष हिमा वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नवनिर्वाचित नगरप्रमुख, उपप्रमुख तथा १० वटै वडाका वडा अध्यक्षहरुलाई सफल कार्यकालको शुभकामना सहित वधाई ज्ञापन गरिएको हो ।

सो अवसरमा वोल्ने वक्ताहरुले द्धन्द्धपिडित,असाहय तथा वेसाहारा वालवालिकाको हेरचाह तथा शिक्षादिक्षामा वालपुनस्थापना केन्द्रलेम महत्वपुर्ण योगदान गर्दै आएको वताएका छन् । साथै निर्वाचित प्रमुख,उपप्रमुख तथा वडा अध्यक्षहरुले वालपुनस्थापनाका लागी आ आफ्नो तर्फवाट सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ्ग,उपप्रमुख शकुन्तला बस्नेत,साहायक प्रमुख जिल्ला अधिकारी डाः कृष्णवहादुर घिमिरे,महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल,धनकुटा नगरपालिका वडा न.३ का वडा अध्यक्ष विकास घिमिरे,वडा न.८ का वडा अध्यक्ष सुमन राई लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रमका वालपुनस्थापना केन्द्रका संरक्षक गोपाल गुरागाईले वधाई मन्तव्य राख्नुभएको थियो ।
दश वर्ष अघि स्थापना भएको वालपुनस्थापन सेवा केन्द्रमा हाल १२ जना वालवालिकाहरु आश्रित रहेका छन् ।


