हेलिप्याड सञ्चालन गर्ने लक्ष सहित हिले पर्यटन प्रर्वद्धन तथा पूर्वाधार विकास संस्थाको अधिवेशन सम्पन्न
धनकुटा खबर, असार ३१ । हिले पर्यटन प्रर्वद्धन तथा पूर्वाधार विकास संस्थाको तेश्रो वार्षिक सधारणसभा एवम् पहिलो अधिवेशन आज हिलेमा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष खगेन्द्र कुमार विष्टको अध्यक्षता तथा धनकुटा नगरपालिकाका प्रमुख मेयर चिन्तन तामाङ्गको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले विष्टकै अध्यक्षतामा १३ सदस्यी कार्य समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा मनुकला लिम्वु,सचिवमा चन्द्र कृष्ण ठकुरी, सहसचिवमा दिलमाया तामाङ्ग र कोषाध्यक्षमा मदन मैनाली रहेकाछन् । त्यस्तैगरी अन्य सदस्यहरुमा भोगेन्द्र थापा,टेक वहादुर गोङ्गवा,चन्द्रकला पराजुली,ज्ञान वहादुर राई,प्रकाश कटुवाल,नारायण कटुवाल र नगेन्द्र वस्नेत रहेकाछन् । पदेन सदस्यहरुमा वडाध्यक्ष निरन तामाङ्ग सहित सम्पूर्ण वडा सदस्यहरु रहेको संस्थाले जनाएको छ ।
त्यस्तै लेखा समितिमा ज्ञान वहादुर राई संयोजक,नारायण तामाङ्ग सहसंयोजक र सदस्यहरुमा भीष्म खतिवडा,विविन्द्र विष्ट रहेकाछन् भने सल्लाहकार समितिमा तेज प्रसाद राई संयोजक,ठेगनाथ घिमिरे सह संयोजक र गणेश विष्ट,गणेश थापा, निर वहादुर ठकुरी लगायत सदस्य रहेकाछन् । साधारणसभामा आर्थिक वर्ष २०७३र७४ को आर्थिक प्रतिवेदन कोषाध्यक्ष मदन मैनालीले प्रस्तुत गर्नुभएको थियो ।
संस्थाले आगामीदिनमा धनकुटा १ हिले स्थितको पर्यटन मन्त्रालयको जग्गामा जातीय संग्रलय निर्माण, गुरासे देखी हिलेको खेल मैदान र थामडाँडादेखी पाख्रीवास कृषीफर्म सम्म हेलिप्याड सञ्चालन गर्ने लगायतको लक्ष राखेको साधारणसभामा जानकारी दिईएको छ ।


