धनकुटाको कुरुलेतेनुपामा सञ्चालित बांसका विभिन्न सामग्री निमार्ण सम्बन्धि ३ महिने तालिम सम्पन्न
धनकुटा खबर, १ साउन । धनकुटाको चौविसे गाउँपालिका वडा न.३ र ४ कुरुलेतेनुपामा सञ्चालित वासका विभिन्न सामग्री निमार्ण सम्बन्धिय तिन महिने तालिम शनिवार सम्पन्न भएको छ । नारी विकास महिला समुह तथा दलित एकता समाज चौविसे गाउँपालिका वडा न ३ र ४ को संयुक्त आयोजनामा सञ्चालन गरिएको हो ।
स्थानिय महिला र पुरुष गरि २६ जना सहभागिलाई वासवाट निमार्ण हुने मुढा, रयाक, टेवल, हेडगर लगायतका सामग्री निमार्णका लागी सिपप्रदान गरिएको छ । नारी विकास महिला समुहका अध्यक्ष लक्ष्मी पौडेलको अध्यक्षता तथा कुरुलेतेनुपा माविका प्रध्यानाध्यापक भक्तकुमार सुव्वाको प्रमुख आतिथ्यतामा तालिम सम्पन्न भएको स्थानिय शिशिर भण्डारीले वताउनुभयो ।
स्थानियहरुलाई सिप सिकाई आत्मनिर्भर वनाउन सहयोग पुरयाउने उद्देश्यले तालिमको आयोजना गरिएको दलित एकता समाजका सचिव कर्णविर विसंखेले वताउनुभयो । तालिममा सहभागिहरुले आर्थिक रुपमा सक्षम वन्न सहयोग पुगेको वताएका छन् । तालिममा सहभागि गौरीमाया तामाङ्गले तालिम उपलब्धिमुलक भएको र व्यवसायिक रुपमा यसलाई अगाडि वढाउने वताउनुभयो ।


