हिले हरियाली टोल स्थित श्री गंगाजमूना जलेश्वर धाम मन्दिर सरसफाई
धनकुटा खबर, साउन १ । पर्यटकीय तथा धार्मिक स्थल धनकुटा १ हिले हरियाली टोल स्थित श्री गंगाजमूना जलेश्वर धाम मन्दिरमा आज सरसफाई गरिएको छ ।
साउने सोमवारको व्रत वसी पूजापाठ तथा आराधनाका लागि त्यहाँ आउने आन्तरिक तथा वाह्य भक्तजनहरुको सुविधालाई ध्यानमा राख्दै मन्दिर परिसर सरसफाई गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
सरसफाई कार्यमा मन्दिर व्यवस्थापन समितिका पदाधिकारी र हरियाली गौरिशंकर टोल वस्ति संगठनका पदाधिकारीहरुको सहभागीता रहेको थियो । साथै यो मन्दिरमा श्रावण महिनाको प्रत्येक सोमवार दिउसो २ वजेदेखी साँझ ५ वजे सम्म राधाकृष्ण भजन किर्तन समूहले भजन किर्तनको कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
भजन किर्तनमा सहभागीताका लागि भक्तनजहरुलाई मन्दिर व्यावस्थापन समितिले आह्वान पनि गरेको छ । यो मन्दिरमा गंगाजमुना जलेश्वर महादेवको दर्शन गर्न सकिनेछ ।


