एनआरएन यूकेको महिला उपाध्यक्षमा सुशिला राईले उम्मेदवारी दिने, यस्ता छन राईका आधा दर्जन प्रतिवद्धता

लण्डन । एनआरएन यूके महिला संयोजक सुशीला राईले आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएकी छन् । शनिबार पत्रकार सम्मेलन गर्दै उनले उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

कार्यक्रममा सामाजिक कामप्रतिको लगाव, आफन्त, परिवारजन तथा शुभचिन्तकहरुको साथ, सहयोग र समर्थनले उम्मेदवारी दिन थप उर्जा प्रदान गरेको उनले बताइन् ।

सन् २००७ जुलाई १३ देखि सपरिवार बेलायतको अल्डरसटमा बस्दै आएकी राईले त्यसयता एनआरएनए बेलायतको महिला संयोजक, प्रवासी नेपाली मञ्च बेलायतको जिल्ला कमिटी सदस्य, आदिवासी महिला महासंघ बेलायतको कोषाध्यक्ष, संखुवासभा जिल्ला समाज कार्यसमितिको सदस्य जस्ता पदहरुमा रहेर आफ्नो जिम्मेवारी निर्वाह गरेको सुनाइन् ।

महिला सशक्तिकरणका लागि आफू नेपाल देखि नै सक्रिय रहंदै आएको बताउंदै राईले नेपालमा रहंदा गोर्खा भूपू सैनिक संघ महिला अभियान जिल्ला कार्य समिति मोरंगको संस्थापक अध्यक्ष, किरात राई यायोख्या नगर प्रारम्भिक कार्यसमिति सदस्य, सुम्निमा सांस्कृतिक परिवार बिराटनगरको सदस्य, महिला क्षमता विकास केन्द्र सहकारी संस्था लिमिटेडको कोषाध्यक्ष, एबीसी नेपाल बिराटनगरको सदस्य, मकालु यातायात सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको सदस्य, सामुदायिक फोहोर मैला व्यवस्थापन समितिको सदस्यजस्ता दर्जनौं संघ संस्थामा रहेर काम गर्ने अवसर पाएको जनाएकी छन् ।

यी विभिन्न भूमिका र अनुभवले आफूलाई थप परिपक्व बनाएको र सामाजिक क्षेत्रमा काम गर्न अझ आंट, हौसला र प्रोत्साहन मिलेको राईले बताइन् । राईले मतदाता सबैलाई मत दिएर आफ्नो जित सुनिश्चित गरिदिन आग्रह गरेकी छन् ।

यस्ता छन राईका आधा दर्जन प्रतिवद्धता:
१. म अहिले वर्तमान कार्यसमितिमा महिला संयोजकको रुपमा सक्रियतापूर्वक कार्य गरिरहेको सर्वविदितै छ । मैले सन् २००७ देखि नै यो संस्थामा प्रत्यक्ष परोक्ष रुपमा संलग्न रही योगदान पुरयाउदै आएको छु । वर्तमान कार्य समितिमा महिला संयोजकको भूमिकाले गर्दा संस्थालाई आगामी दिनमा उत्तरोत्तर प्रगति गराउन मभित्र आत्मविश्वास मात्र होइन पर्याप्त अनुभव समेत छ ।

२. आधा आकाशका रुपमा रहेका महिला दिदी बहिनीहरुलाई उनीहरुको रुची, चाहना र क्षमता अनुसार विभिन्न जिम्मेवार भूमिकामा आवद्ध गर्दै उनीहरुको नेतृत्व विकास गर्ने मेरो लक्ष्य रहेको छ ।

३. म बेलायतमा स्थापित नेपालीका अन्य जातीय, क्षेत्रीय सामाजिक संघ-संस्थामा आवद्ध महिलाहरुसंग अन्तरक्रिया, छलफल तथा सहकार्यलाई अगाडि बढाउदै लानेछु ।

४. गैर आवासीय नेपाली संघ बेलायतस्थित सम्पूर्ण नेपाली समुदाय सामु पुग्न नसकिरहेको यस अवस्थामा ती समुदायका महिला सदस्य तथा नेतृत्वसंग सहकार्य गर्दै भविष्यमा गैर आवासीय नेपाली संघलाई विशाल रुपमा विस्तार गर्ने मेरो योजना छ ।

५. हामी गैर आवासीय नेपाली महिलाहरुलाई नेपाल सरकारबाट भन्सार सुविधा दिलाउन पहल गर्ने र नेपाली मौलिक रितिरिवाज धर्म संस्कारका बारेमा नयां पुस्तालाई जानकारी गर्ने गराउने मेरो भावी कार्ययोजना छ ।

६. त्यस्तै प्राकृतिक सौन्दर्यताले भरिपूर्ण नेपाललाई विश्वसामु चिनाउंदै बेलायतबासी नेपाली नयां पुस्तालाई नेपाल भ्रमण गर्न प्रोत्साहन गर्ने मेरो उद्देश्य छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।