धनकुटामा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउने कार्य शुरु, पहिलो दिन ७२ जनाले नाम दर्ता गराए

धनकुटा खबर, २ साउन । धनकुटामा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउने कार्य शुरु भएको छ । उमेर पुगेर पनि मतदाता नामावलीमा नाम छुटेका व्यक्तिहरुका लागी जिल्ला निर्वाचन कार्यालय धनकुटामा नाम दर्ता गराउने कार्य शुरु भएको हो ।

उमेर पुगेर पनि मतदाता नामावलीमा नाम लेख्न छुटेका कारण स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएका नागरिकका लागी आईतवार देखि जिल्ला निर्वाचन कार्यालय धनकुटामा नाम दर्ता गराउन थालिएको छ ।

मतदाता नामावलीमा नाम लेखाएपछि प्रादेशिक र संसदीय निर्वाचनमा मतदान गर्न पाउने छन । जिल्ला निर्वाचन कार्यालय धनकुटाले दिएको जानकारी अनुसार आईतवार पहिलो दिन ७२ जनाले नाम दर्ता गराएका छन् । मतदाता नामावलीमा नाम नभएका व्यक्तिहरु नाम दर्ता गराउन उत्साहित देखिएको जिल्ला निर्वाचन कार्यालय धनकुटाका नायव सुव्वा एवं सुचना अधिकारी केशव पौडेलले वताउनुभयो ।

जिल्ला निर्वाचन कार्यालय धनकुटामा आगामि साउन १५ गते सम्म फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने निर्वाचन कार्यालय धनकुटाले जनाएको छ । धनकुटा सहित देशभर आईतवार देखि फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउने कार्य शुरु भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।