धनकुटामा २ दिनमा २ सय बढीले फोटो सहितको मतदाता नामावली दर्ता गराए

धनकुटा खबर, श्रावण २ । फोटो सहितको मतदाता नामावली दर्ता गर्ने कार्य अन्तर्गत आज दोश्रो दिन सम्म धनकुटाका २ सय बढी मानिसहरुले नाम दर्ता गराएकाछन् ।

जिल्ला निर्वाचन कार्यलय धनकुटाले हिजो वाट थालेको यो कार्य अनुसार आज सम्म उल्लेखित संख्याका व्यक्तिले नामावली दर्ता गराएको कार्यलयका सूचना अधिकारी केशव पौडेलले जानकारी दिनुभयो ।

नाम दर्ताको क्रम साउन १५ गते सम्म सञ्चालन हुनेछ । फोटो सहितको नामावली दर्ताका लागि नागरिक्ताको प्रमाणपत्र आवश्यक पर्ने उहाँले वताउनुभएको छ । यदि वसाई सराई, ठेगाना परिरवर्तन भएको भए नागरिक्ता सहित स्थायी ठेगाना उल्लेख भएको कागजात, वसाई सराईको प्रमाणपत्र, विवाह दर्ताको प्रमाण पत्र,जग्गा धनीपूर्जाको प्रमाण पत्र र विद्युत महसुल तिरेको पूर्जा पनि आवश्यक पर्ने जनाईएको छ ।

मतदाता नामावलीमा नाम दर्ता नभएका कारण गएको स्थानीय तहको निर्वाचनमा सहभागीता जनाउन नपाएकाहरुले अहिले जिल्ला निर्वाचन कार्यलयमा गई नाम दर्ता गरे प्रार्देशिक र संसदीय निर्वाचनमा मतदान गर्न पाउनेछन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।