‘मिस ब्युटि क्विन नेपाल २०१७’ का प्रतियोगीले देखाए आ-आफ्नो प्रतिभा ! (फोटो फिचरसहित)

एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको “मिस ब्युटि क्विन नेपाल २०१७” को प्रि- जज राउण्ड (ट्यालेन्ट शो) सम्पन्न भएको छ । “मिस ब्युटि क्विन नेपाल २०१७” को लागि देशका विभिन्न भागबाट सहभागिता जनाउन आएका प्रतियोगिहरु राजधानिको सि.डब्लु. रेस्टुरेन्टमा बिभिन्न प्रतिभाका साथ ट्यालेन्ट सोमा उत्रिए । प्रतियोगिहरुले नाच, गीत, एक्टिङ,कबिता,अभिव्यति, लगायतका प्रतिभा प्रस्तुत गरेका थिए।

मिस ब्युटि क्विन नेपाल २०१७को ग्रान्ड फिनाले भने आउँदो बिहीवार राष्ट्रिय नाचघर, जमलमा हुने आयोजकले जनाए । यसका साथ साथै आयोजकले प्रतियोगीहरुको अनलाईन भोटिङ पनि सुरुगरेको छ । नेपाली मोडेलिङ पेशालाई अन्तरराष्ट्रिय स्तरसम्म पुर्याउने उदेश्यका साथ मोडेलिङमा रमाएका वा यसमा भविष्य खोज्ने युवतीहरूको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गर्न लागिएको सौन्दर्य प्रतियोगिताको प्रतिस्पर्धिहरुलाई अफिसियल मिडिया आर्टिस्ट नेपालको अफिसियल फेसबुक पेज Artist Nepal मा गई आफुलाई मन पर्ने प्रतियोगीलाई पब्लिक चईस अन्तर्गतको टाईटलको लागि भोट गर्न सकिने आयोजक कमल खतिवडाले बताएका छन् ।

“मिस ब्युटि क्विन नेपाल २०१७” सौन्दर्य प्रतियोगितामा ममता तमाङ, शर्मिला विश्वकर्मा, सुशिला श्रेष्ठ, म्यागी लामा, अन्जिला आले मगर, इन्दिरा श्रेष्ठ, अन्जना केसी, कुमारी रमिला राई, एल्जिना राई, हेमकला नाल्बो , निमा शेर्पा, मनिषा थापा, मनिषा पाण्डे, जेबिना लोहनी र श्रीजना खनालले प्रतिस्प्रधा गर्दै छन् । उक्त प्रतियोगिताको बिजेताले बिज्ञापन, चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन ।

मिस ब्युटि क्विन नेपाल २०१७ को लागि छानिएका प्रतियोगीहरुलाई मोडेल हिमानी सुब्बाले कोरियोग्राफी एबं प्रक्षिक्षण दिएकिछिन । प्रतियोगिताको अन्तिम स्पर्धाका लागि छानिएका प्रतियोगीलाई व्यक्तित्व विकास, सञ्चार, कला, शैक्षिक भ्रमण, स्वास्थ्य शिविर, फोटोसेसन, महिला सशक्तीकरण, सञ्चार, कला, सामाजिक क्रियाकलाप, मेकअप, फेसन, फोटोसेसन, महिला सशक्तीकरण, प्रेरणा, नेतृत्व क्षमता, सामाजिक सञ्जालको सदुपयोगजस्ता विषयमा दक्ष प्रशिक्षकद्वारा प्रशिक्षण प्रदान गरिएको कोरियोग्राफर हिमानी सुब्बाले जानकारी दिएकी छिन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।