रुसमा शक्तिशाली भूकम्प गयो, क्षतिको विवरण आउन बाँकी

वासिङटन, ३ साउन । रुसमा सोमबार राती शक्तिशाली भूकम्प गएको समाचार छ । रुसमा करिब ७.७ रिक्टर स्केलको भूकम्प मापन गरिएको समाचारमा जनाइएको छ ।

रुसको पूर्वी तटीय क्षेत्रमा केन्द्रबिन्दु बनाएर आएको सो भूकम्प निकै शक्तिशाली भएको बताइएको छ । यद्यपि यसबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण भने आउन बाँकी रहेको बताइएको छ ।

यसका कारण सुनामीको खतरा रहेको सूचना सुरुमा जारी गरिएपनि पछि भने त्यसलाई हटाइएको छ । सुरुमा सुनामीको त्रास रहेको भएपनि त्यसको केही घन्टापछि भने त्यो सूचना हटाइएको छ ।

प्यासिफिक सुनामी वार्निङ सेन्टरले सो भूकम्पका कारण हुनसक्ने सुनामीको खतरा नरहेको भनी पछिल्लो सूचना जारी गरेको थियो ।

केही तटीय क्षेत्रमा समुद्रको पानी बाहिर आउनसक्ने देखिए पनि पछि भने त्यो खतरा नरहेको सो केन्द्रले जानकारी दिएको रुसी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

सुनामी सम्बन्धी प्रकोप नियन्त्रण केन्द्रका अधिकारीहरुले सो सुनामीको प्रारम्भिक मापनमा समुद्रको कतिपय तटीय क्षेत्रमा ०.३ मीटरसम्म पानी माथि आउन सक्ने देखिएको बताइएको थियो ।

अमेरिकी भौगर्भिक सर्वेक्षण केन्द्रले उक्त भूकम्पको गहिराई ११.७ किलोमीटर मात्र रहेको बताएका थिए । भूकम्पको उद्वारकार्य भइरहेको जानकारी दिइएको छ । रासस / एएफपी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।