‘भारतको परमाणु बमको निशानामा पाकिस्तान होइन चीन परेको छ’
भारतले आफ्नो परमाणु हतियारलाई लगातार आधुनिकिकरण र विस्तार गरिरहेको छ। उसको परमाणु तयारीको निशाना अब पाकिस्तान माथी नभएर चीन माथी लक्षित रहेको छ।

विश्वभरका परमाणु कार्यक्रम माथी निगरानी राखिरहेको अमेरिकाको दुई अग्रणी परमाणु विशेषज्ञले एक रिपोर्टमा यस्तो दाबी गरेका हुन्।
डिजिटल जर्नल ‘आफ्टर मिडनाइट’ मा छापिएको यो रिपोर्टमा ह्यान्स एम क्रिस्टेंसन र रोबर्ट एस नौरिसले यस्तो बताएका छन्। भारत अब लामो दुरी सम्म मार हान्न सक्ने एक यस्तो परमाणु बनाउँनमा व्यस्त छ,जसले दक्षिण भारत देखी चिनको कुनैपनि ठाउँमा निशाना बनाउँन सक्छ।
भारतको बारेमा अनुमान गरिए अनुसार परमाणु बम बनाउँन प्रयोग हुने लगभग छ सय किलोग्राम प्लुटोनियम तयार गरेको छ। परमाणु वैज्ञानिकका अनुसार यति प्लूटोनियम १५०-२०० बम बनाउँन प्रर्याप्त हुन्छ।
यि दुई विशेषज्ञ भन्छन्- परमाणु बम खसाल्ने लडाकु विमान र मिसाइलको बारेमा उपलब्ध जानकारीको आधारमा हाम्रो यो अनुमान छ, भारतले १२० देखि १३० सम्मको संख्यामा परमाणु बम बनाएको छ। एजेन्सी


