महन्थ ठाकुर र राजेन्द्र महतो बारे बामदेवले गरे ठूलो खुलासा

काठमाडौं, ४ साउन । एमालेका उपाध्यक्ष बामदेव गौतमले आफ्नो राजनीति रोक्नका लागि विरोधीहरूले ७० वर्षे प्रावधान लागू गराएको टिप्पणी गर्नुभएको छ ।

नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान पत्रकार ऋषि धमलसाँग कुरा गर्दै उपाध्यक्ष गौतमले राजनीतिमा उमेरहद लागू गरेर कहिँ नभएको व्यवस्था एमालेभित्र राखिएको बताउनुभयो । उहाँले आफूलाई राजनीतिमा रोक्नका लागि पार्टीभित्र उमेर हद तोकेको बताउनुभयो ।

‘७० वर्ष प्रवाधन हट्यो भने बामदेव गौतम एमालेको अध्यक्ष बन्यो–बन्यो । हटेन भने अध्यक्ष बन्दैन’, उहाँले भन्नुभयो, ‘बामदेव रहेन भने एमालेलाई क्षति पुग्छ । केही साथीहरूले मलाई हटाउन ७० वर्षको प्रावधान ल्याएका हुन् । यो कहिँ नभएको प्रावधान हो ।’

संविधान संशोधनका विषयमा एमालेले कुनै पनि हालतमा तयार नहुने बताउनु भएका उपाध्यक्ष गौतमले भन्नुभयो, ‘तीन वटा चुनाव नहुँदासम्म संविधान संशोधन हुँदैन । संविधान संशोधन गर्ने हो भने जसले जितेर आउँछ उसैले गर्छ । एमाले संशोधनका पक्षमा छैन ।’

महन्थ ठाकुरले नेपाललाई तीन राष्ट्र बनाउने लागेको भन्दै विरोध गर्नुभयो । उहाँले भन्नुभयो, ‘महन्थ ठाकुरले नेपाललाई मधेसी, खस–बाहुन र मधेसी जनताको नाममा तीन वटा राष्ट्र बनाउन लागेका छन् । यो उनको सपना कुनै पनि हालतमा पूरा हुँदैन ।’

उहाँले महन्थ ठाकुरले भने जस्तो स्थानीय तहको अधिकार कटौती, राष्ट्रिय भाषा हिन्दी बनाउने, अंगीकृत नागरिकलाई अधिकार दिने विषय कुनै पनि हालतमा मान्य नहुने दोहो¥याए ।

‘तराईको भूमि महन्थ ठाकुरले आकाश वा पातालबाट बोकेर ल्याएको हो र ? त्यो नेपाली भूमि हो’, उपाध्यक्ष गौतमले भन्नु भयो, ‘महन्थ ठाकुरको पछाडि कति छन् जनता ? मधेसी जनता एमालेको पछाडि छन् । जनमत एमालेको पक्षमा छ ।’

राजेन्द्र महतोले पैसा खुवाएर नेपाली नागरिकता लिएको बताउनुभएका उपाध्यक्ष गौतमले भन्नुभयो, ‘स्वयं उपेन्द्र यादवले पनि भनिसक्नु भयो राजेन्द्र महतो भारतमा जन्मिएको भनेर । राजेन्द्र महतो भारतीय हो भनेर कुरा आइसकेका छन् । पैसा खुवाएर राजेन्द्र महतोले नेपाली नागरिकता लिएका हुन् । भारतमा जन्मिएर नेपालमा भ्रममा पारेर नागरिकता लिएका हुन् ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।