धनकुटाका भुकम्प पींडितहरुलाई अब निःशुल्क नक्सा पास

धनकुटा खबर, साउन ५ । धनकुटा नगरकार्यपालिकाले नगरका भुकम्प पींडितहरुलाई घर बनाउँदा निःशुल्क नक्सा पासको ब्यबस्था गर्ने भएको छ ।

नगरपालिकाका मेयर चिन्तन तामाङको अध्यक्षतामा बुधबार बसेको पहिलो बैठकबाट पिंडिले घर बनाउँदा नक्सा पास बापतको तिर्नुपर्ने रकम नलिने निर्णय गरेको हो ।

उक्त निर्णयबाट पिंडितहरुले नक्सा बापतको तिर्न पर्ने न्यूनतम १० हजार देखि ४० हजार सम्म रकम छुटको लाभ लिन सक्ने कार्यपालिकाका प्रवत्ता जमशेर छाराले जानकारी दिनुभयो ।

घर बनाउन ३ लाख अनुदान रकम पाउने धनकुटाका २ हजार ७ सय ९६ घरधुरी मध्ये उक्त सेवाबाट धनकुटा नगरकार्यपालिकामा करीव ४ सय २७ जना पिंडितहरुले सुबिधा पाउने कार्यपालिकाका कार्यकारी अधिकृत तिर्थ प्रसाद धितालले जानकारी दिनुभयो ।

कार्यपालिकाको प्रथम बैठकले धनकुटा बजारको पार्कीङ ब्यबस्थापन, राजश्व परार्मश,बजेट तर्जुमा,श्रोत अनुमान समिति गठन लगाएतका बिभिन्न १३ वटा निर्णय गरेको कार्यपालिकाले जानकारी दिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।