संयुक्त पहलमा पाख्रीबास वजार सरसफाई !
धनकुटा खबर, साउन ४ । वजार क्षेत्रलाई सफा राख्ने लक्षका साथ धनकुटाको पाख्रीवास वजार क्षेत्र सरसफाई गरिएको छ ।

फाईल फोटो
पाख्रीवास नगरपालिका ४ नं वडा कमिटी र युवा सघं नेपाल नगर कमिटीको संयुक्त पहलमा वजार सरसफाई गरिएको हो ।
सरसफाई कार्य अन्तर्गत वजार क्षेत्रमा जम्मा भएका फोहरमैला ३ दिन लगाएर तीन वटा ट्रायक्टरले फोहर संकलन स्थान सम्म लाने काम गरिएको ४ नं वडाध्यक्ष शोवित निरौलाले वताउनुभयो ।
सरसफाई कार्यमा पाख्रीवास नगरपालिकाका कर्मचारी, स्थानीय वजारवासी, वुद्धिजीवि लगायतको सहभागीता थियो ।

