सात करोडको हिसाब किताब पम्फाले प्रचण्डलाई बुझाउन नसक्दा खैलाबैला !

काठमाडौं, एकातिर स्थानीय तहको निर्वाचनमा पार्टीको पराजयबारे आन्तरिक समीक्षा । अर्कातिर त्यही निर्वाचनको लागि छुट्याइएको ७ करोड रुपैयाँ प्रचार खर्चको हिसाबकिताब नभेटिएको भाउँतोमा प्रचण्ड आक्रोशित बनेका छन् ।

केन्द्रीय सचिवालय सदस्य तथा पार्टी प्रवक्ता पम्फा भुसालले चुनावी प्रचार खर्चका लागि दिइएको ७ करोड रुपैयाँको हिसाबकिताब बुझाउन नसक्दा प्रचण्ड आक्रोशित बनेका हुन् । भुसालले ८ करोड पैसाबाट पार्टीलाई जिताउने गरी प्रचारको काम गर्न त परै जाओस्, आफूहरुलाई पनि कुनै जानकारी नदिइएकोमा प्रेस सेन्टरका नेतृत्व पनि निकै आक्रोशित बनेको बताइन्छ ।

यसबारे उनीहरुले अध्यक्ष अध्यक्ष प्रचण्डलाई पनि मौखिक रुपमा जानकारी गराइसकेको बुझिएको छ । निर्वाचनअघि प्रवक्ता भुसालले प्रचारका लागि प्रचण्डबाट सो रकम लिएकी थिइन् । तर त्यसबारे औपचारिक जानकारी नै नदिई उनले पार्टी प्रचार विभाग गठनको प्रस्ताव राखेपछि उनको योजना पनि सफल हुन सकेको थिएन ।

पाँच सदस्यीय विभागमा राम कार्की, महेश्वर दाहाल, ओम शर्मा र गोविन्द आचार्यको नाम उनले प्रस्ताव गरेकी थिइन् । स्थायी समितिमा रहेका र्काी र दाहाल तथा पोलिटब्युरोमा रहिसकेका शर्मा र आचार्यले विभागमा बस्ने खासै रुची पनि राखेनन् । अझ आचार्यले त विगतमा २५ जनासम्मको विभाग रहेकाले उनीहरु कसैलाई नराखी बस्दा झन् विवादमा परिने डरले स्वीकार गरेनन् ।

यसरी विभागबिनै निर्वाचनमा प्रचारको का म भइसके पनि प्रचार अन्तर्गत कुनकुन शीर्षकमा के कति कहाँ कहाँ खर्च भएको हो भन्ने हिसाब प्रचण्डले मागेपछि भुसालले विवरण नै दिन नसकेको बताइन्छ । भुसालले प्रचार क्षेत्रलाई प्रभावकारी ढंगले परिचालन गर्न नसकेका कारण प्रचार क्षेत्र निकै अस्तव्यस्त बन्न पुगेको बताइन्छ ।

यसअघि विभागमा कति सदस्य थिए, कति पटक बैठक बसेर के के काम भए भन्ने समीक्षासमेत हुन छाडेपछि सेन्टरनिकट पत्रकारहरु निकै आक्रोशित बन्न पुगेको बताइन्छ । अघिल्लो आर्थिक वर्ष सूचना तथा सञ्चार मन्त्रालयबाट ल्याइएको २५ लाख रुपैयाँ खर्चबारे प्रेस सेन्टरको नेतृत्वमा रहेकाहरु नै बेखबर रहेको विषय पनि माओवादी केन्द्रमा निकै चर्चा भएको बुझिएको छ ।

अबको एक महिनाभित्र नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन सम्पन्न भइसक्ने मिति नजिकिए पनि भुसालले त्यसबारे संस्थागत छलफलका लागि कुनै रुची नराखेको बताइन्छ ।

यसपटक प्रेस सेन्टरले केन्द्रीय अध्यक्ष पद लिने बाहिरी चर्चा रहे पनि एमालेनिकट प्रेस चौतारी नेपालसँग सम्झौता भएको हो या होइन, भएको हो भने त्यो महत्वपूर्ण अवसर कार्यान्वयनका लागि कसरी अघि बढ्नेबारे भुसालले संस्थागत छलफलमा कुनै रुची नराखेको बताइन्छ, खबर बुधबार साप्ताहिकमा उल्लेख छ ।

जबकि अघिल्लोपटक वरिष्ठ नेता तथा ततलीन प्रचार विभागका प्रमुख डा.बाबुराम भट्टराई र एमाले नेता प्रदीप ज्ञवालीले निकै सक्रियताका साथ छलफल गरेर वाम सहकार्यलाई निरन्तरता दिन सफल भएका थिए । त्यसले महासंघमा निकै महत्वपूर्ण सफलतासमेत प्राप्त गरेको थियो । – न्युजअभियानबाट साभार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।