गोर्खाल्याण्ड आन्दोलन अब दिल्ली केन्द्रित, पहाडको बन्द हड्ताल कायमै

स्कुलहरुमा बंगाली भाषा अनिर्वाय गर्ने पश्चिम बंगाल सरकारको निर्णय विरुद्ध दार्जीलिङमा जारी गोर्खाल्याण्ड आन्दोलन अब दिल्ली केन्द्रित भएको छ । तर, पहाडको बन्द हड्ताल भने कायमै छ ।

मंगलबार कालेम्बुङमा बसेको गार्खाल्याण्ड मुभमेण्ट कोअर्डिनेशन कमिटी (जीएमसीसी) को बैंठकले दार्जीलिङमा आन्दोलनलाई जारी राख्दै केन्द्रीय सरकारलाई दबाव दिन दिल्ली जाने निर्णय गरेको थियो ।

उता गोर्खा जनमुक्ति मोर्चा (गोजमो) अब यो आन्दोलनमा प्रधानमन्त्री कार्यलयको हस्तक्षेप चाहान्छ । मोर्चा प्रमुख विमल गुरुले पनि पार्टीले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न चाहेको बताएका छन् ।

गुरुले बुधवार मात्रै केन्द्रीय गृहमन्त्री राजनाथ सिंहलाई भेटेका थिए । उनले सिंहलाई भेटेर मोर्चा प्रतिनिधिहरुसँग मोदीको बैंठक राख्न आग्रह गरेका छन् । प्रधानमन्त्री मोदीसँग भेट्न मोर्चाले रुपरेखा बनाइरहेको मोर्चा महासचिव रोशन गिरीले जनकारी दिए ।

जीएमसीसीले गोर्खाल्याण्ड आन्दोलन प्रति केन्द्रको ध्यानाकर्षण गराउन १ अगस्त देखि दिल्ली केन्द्रित कार्यक्रम घोषणा गरेको छ ।

यसमा सबै दलका प्रतिनिध रहने छन् जसले दिल्लीका विभिन्न र सांसदहरुसँग भेट गर्नेछ । मोर्चालाई लागेको छ कि केन्द्र गोर्खाल्याण्डको प्रक्षमा छ, तर न अहिलेसम्म केन्द्रले मुख खोलेको छ नत भाजपा नेताहरु नै यसबारे मुख खोल्छन् ।

सुत्रका अनुसार राज्य प्रशासनले दार्जीलिङमा गरिरहेको दमन माथि केन्द्रको हस्तक्षेप चाहाने मोर्चाका प्रतिनिधिहरुलाई केन्द्रले भनेको छ,‘ यो कानुन व्यवस्था राज्यको विषय हो, यसमा केन्द्रले हस्तक्षेप गर्न मिल्दैन् । राज्यले चाहेमा अर्ध सैनिक बल पठाउन सकिने छ ।

आन्दोलनको नेतृत्व गरिरहेको गोर्खा जनमुक्ति मोर्चाले आह्वान गरेको अनिश्चितकालीन हडताल आजबाट ३६औं दिनमा प्रवेश गरेको छ ।

यस वर्षको गोर्खाल्यान्ड आन्दोलन हिंस्रक हुन पुग्दा आठजनाले ज्यान गुमाएका हुन् भने प्रदर्शनकारी र प्रहरीको झडप हुँदा कैयौं घाइते भएका छन् । – हाम्रो ईकोनोमी ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।