धनकुटाको चौबिसे गाउँपालिका क्षेत्रका स्वास्थ्य संस्थामा सुलभ फार्मेसी सेवा सञ्चालन गरिने
धनकुटा खबर, साउन ६ । धनकुटाको चौबिसे गाउँपालिका क्षेत्रका स्वास्थ्य सस्थामा सुलभ फार्मेसी सेवा सञ्चालन गरिने भएको छ ।

चौविसे क्षेत्रमा रहेका ७ स्वास्थ्य चौकी र ३ सामुदायिक स्वास्थ्य इकाईमा शुलभ फार्मेसी सेवा सञ्चालन गर्न एक–एक लाखका दरले रकम विनियोजन गर्ने गाउँपालिकाका जनप्रतिनीधिहरुले निर्णय गरेका छन् ।
उक्त बजेट घुम्ती कोषको रुपमा प्रयोग गर्दै स्थानीयबासीलाई सस्तो मुल्यमा औषधी उपलब्ध गराइने भएको चौबिसे गाउँपालिकाका प्रमुख खजिन्द्र राईले जानकारी दिनुभयो ।
गाउँपालिकाको बोधे, वसन्तटार र मुढेवासको सामुदायिक स्वास्थ्य ईकाई सस्थामाहरुमा सन्चालन गरिने उक्त शुलभ फार्मेसीबाट उक्त क्षेत्रका १७ हजार भन्दा बढी जनसमुदाय लाभाम्बित हुने उपप्रमुख यज्ञ कुमारी रुचालले जानकारी दिनुभयो । – तस्वीर ः डाँडाबजारको एक स्वास्थ्य चौकी


