रेडियो मकालु धनकुटाद्धारा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना

धनकुटा खबर, ७ साउन । रेडियो मकालु धनकुटाले शुक्रवार स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरुका लागी वधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको छ । गत असार १४ गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनवाट धनकुटा जिल्लाका सात वटै तहमा निर्वाचित प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष सहित निर्वाचित जनप्रतिनिधिहरुलाई वधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेको हो ।

रेडियो मकालु सञ्चालक समितिका अध्यक्ष सोविस चेम्जोङ्गको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरुलाई रेडियो मकालुको तर्फवाट वधाई सहित सफल कार्यकालको शुभकामना प्रदान गरिएको छ ।

सो अवसरमा वोल्ने निर्वाचित जनप्रतिनिधिहरु निर्वाचनमा जनता सामु गएर गरेका प्रतिवद्धता पुरा गर्ने वताएका छन् । साथै जनताको हितमा कार्य गरेर आफुहरु सदैव अगाडि वढने वताउदै आम नागरिकका समस्या उजागर गर्न तथा स्थानिय तह मार्फत सम्पन्न गरिने कार्यहरु प्रचारप्रसारमा सञ्चार माध्यमको भुमिका महत्वपुर्ण रहेको वताएका छन् ।

कार्यक्रममा सामुदायिक रेडियो प्रसारक सघं अकोरावका केन्द्रिय उपाध्यक्ष अर्जुन राई,महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपाल,धनकुटा नगरपालिकाका उपप्रमुख शकुन्तला वस्नेत,खाल्सा छिन्ताङ्ग शहिदभुमि गाउँपालिकाका अध्यक्ष मनोज राई,चौविसे गाउँपालिकाका उपाध्यक्ष यज्ञकुमारी रुचाल लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो ।

यसैगरी रेडियो मकालु सञ्चालन समितिका सदस्य चन्द्रकुमारी राई आठपहरियालाई धनकुटा नगरपालिकाका वडा न ७ मा महिला वडा सदस्यमा निर्वाचित हुनुभएको भन्दै रेडियोका तर्फवाट सफल कार्यकालको शुभकामना सहित वधाई ज्ञापन गरिएको छ ।

उहाँलाई रेडियो मकालु धनकुटाको तर्फवाट वधाई पत्र प्रदान गरिएको छ । उक्त वधाई पत्र रेडियो सञ्चालक समितिका अध्यक्ष सोविस चेम्जोङ्ग,सामुदायिक रेडियो प्रसारक सघं अकोरावका केन्द्रिय उपाध्यक्ष अर्जुन राईले संयुक्त रुपमा प्रदान गर्नुभएको छ । कार्यक्रममा स्वागत मन्तव्य रेडियो मकालु सञ्चालक समितिका उपाध्यक्ष लोकेन्द्र खड्काले गर्नुभएको थियो भने सञ्चालन स्टेशन मेनेजर नैन विश्वकर्माले गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।