धनकुटामा ६१ प्रतिशतले चैते धान उत्पादनमा बृद्धि
धनकुटा खबर, साउन ८ । धनकुटामा यो बर्ष ६१ प्रतिशतले चैते धान उत्पादनमा बृद्धि हुने जिल्ला कृषि बिकास कार्यालय धनकुटाले जानकारी दिएको छ ।

तस्वीर : चैते (तौली) धान काट्दै धनकुटाको लेगुवा बेंसीका किसानहरु
कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षमा १ हजार ४ सय २५ हेक्टर क्षेत्रफलवाट ३ हजार ७ सय २० मेट्रीकटन चैते धान उत्पादन भएको थियो ।
यो बर्ष धान रोपाईंको क्षेत्रफल बढेर १ हजार ५ सय ७५ हेक्टर क्षेत्रफलमा धान खेती भएकाले उत्पादन बढेर ६ हजार ६४ मेट्रीकटन पुग्ने कार्यालयले जानकारी दिएको छ ।
कार्यलयले बृहत्तर धान उत्पादन कार्यक्रम अन्र्तरगत चैते धानको लागि बिभिन्न कार्यक्रम सञ्चालन गरेकाले यो बर्ष धान उत्पादन बढ्ने कार्यलय प्रमुख भरत प्रसाद बिडारीले जानकारी दिए ।
धनकुटामा हाल तौली, चैते २, चैते ४, बेलगुटी, हर्दिनाथ–एक लगायतका उन्नत जातको खेती हुने गरेको छ ।
यहा उत्पादित धानले जिल्लाको कुल ४० प्रतिसत माग धान्ने गरेको कृषि कार्यालयको तथ्यांक छ ।


