सांसद्हरु सचिवमाथि खनिएपछि…

काठमाडौं, ८ साउन । काठघर नं. ३, व्यवस्थापिका–संसद सचिवालयमा उपत्यकाका सडकको दुरावस्था बारे सार्वजनिक लेखा समितिको बैठक चलिरहेको थियो । बैठकमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, ललितपुर नगरपालिकाका सुनिल प्रजापतीलगायत मुख्य सचिव राजेन्द्र किशोर क्षेत्री, प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरे, स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलिया, खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भिम प्रसाद उपाध्याय लगायत सरोकारवाला निकाय तथा दर्जन बढी सांसद्को उपस्थिति थियो ।

सडकको दुरावस्थाको कारण बताउने क्रममा खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव उपाध्यायको पालो आयो । उपाध्यायले मेलम्चीको जानकारीपछि उपत्यकाको जानकारी गराए । ट्राफिक कारणले गर्दा काम राती गर्न परेको सुनाउँदै पहिले जस्ता बन्द हड्ताल अहिले हुने हो भने कामले गती लिने संकेत गरे ।

प्रधानमन्त्रीको निर्देशन अनुसार समयसिमाभित्रमै खाल्डा पुर्ने काम सकाउने गरी काम गरिरहेको सचिव उपाध्ययाले जनाए ।
अघिल्लो शनिबार सामाखुसीको नालीमा बगेकी सत्या सापकोटाले सडकको दुरावस्थाको कारण नभएर हाम फालेको उपाध्यायले बताए।

‘सामाखुसीमा जुन घट्ना भयो, त्यसमा हाम्रो कुनै सरोकार छैन्,’ उनले भने, ‘सडकमा पानी जमेपछि हिड्दै गएर नालीमा हाम फालेर भएको हो ।’ नागरिक न्यूजमा खबर छ- उनले सोही दिन तार्केश्वरमा भएको बालिका नालीमै बगेर भएको मृत्युको कारण पनि नयाँ नभएर दुई वर्षअघि पनि २२ वर्षका युवक बगेको जनाए ।

उपाध्यायपछि मुख्य सचिव क्षेत्रीको पालो आयो । क्षेत्रीले प्रधानमन्त्रीको निर्देशन अनुसार काम भइरहको जनाउँदै अबको दिनमा भने आफूलाई बारम्बार समितिको बैठाकमा नबोलाउन अनुरोध गर्दै व्यस्ताको कारण बताएर बैठाकबाट बाहिरिए।

यसपछि सांसद्हरुको पालो आयो । शुरुमा सासंद रामहरी खतिवडाले मान्छे बगेको, मरेको घट्नापछि आएकोे खाल्डा पुर्ने निर्देशनपछि गाडी नै खस्न थालेको बताउँदै खानेपानीको पाइपमाथि ढल राखेको विषयलाई उठाए । ‘अनुगमन नहुँदा काम गुणस्तरीय भइरहेको छैन्,’ सांसद् खतिवडाले भने, ‘समितिमा कर्मचारीलाई हाम्रा कुरा सुनाउन मात्रै बोलाएका होइनौं ।’

सांसद् खतिवडाले बच्चा हाम फाल्न गएको भन्दै सचिव जस्तो जिम्मेवार पदमा रहेको मान्छेले हल्का रुपमा लिएको भन्दै कडा आलोचना समेत गरे ।

सांसद् विकास लम्सालले सचिवहरु बढी जिम्मेवार हिसावमा प्रस्तुत हुनेपर्ने बताए । बच्चा मरेपछि प्रमले दिएको निर्देशन अनुसार काम नभएको बताउँदै निर्देशनको अर्थ के भनेर प्रश्न गरेका थिए । बैठाकमा उपस्थित मात्र नभएर समधान खोजिनुपर्ने लम्सालले जनाए ।

मुख्य सचिव समितिमै नबोलाइदिनुस् भन्ने र सचिवहरु जिम्मेवार नहुने हो भने उपत्यकाको अवस्था झन बिग्रदै जाने बताउँदै नतिजा आउने गरी योजना ल्याउने लम्सालले अनुरोध गरे ।

सांसद् रुपा महर्जनले भने सडकका खाल्डा पुर्ने बहानामा माटो राखेर झन समस्या बनाएको बताएकी थिइन् ।

सांसद् धनराज गुरुङले पनि खानेपानीको पाइपमाथि ढल राखेर गैरजिम्मेवार भएको बताए।

उनले खानेपानी सचिव उपाध्ययको तर्कमाथि टिप्पणी गर्दै बन्द, हड्ताल भए काम गर्न सहज हुने गैरजिम्मेवार ढंगबाट बोल्ने कर्मचारीले काम पनि गैरजिम्मेवार ढंगबाटै गर्ने संकेत गरे । मुख्य सचिवले समितिमा नबोलाउन गरेको अनुरोधमा पनि गुरुङले आपती जनाए ।
यता प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले उपत्यकाका सडकमा समस्यै समस्या रहेको बताउँदै प्रधानमन्त्रीको निर्देशन अनुसार काम भइरहेको दाबी गरे । साथै उनले राजनीतिक र जनप्रतिनिधिको सहयोगको समेत अनुरोध गरे । ठेकेदारको ज्यादती रोक्न समेत राजनीतिक सहयोग चाहिएको बताएका छन् ।

३ घण्टाको छलफलपछि समितिले १३ बुद्धे निर्णय गर्दै बैठक सकायो । समितिले प्रधानमन्त्री कार्यालयबाट एकीकृत विकास गर्ने, मन्त्रालय र स्थानीय तहको सडक छुट्याएर मापदण्ड बनाइ जिम्मेवार तोक्ने, विस्तारित र विस्तार हुने सडकको प्रगती प्रत्येक १५ दिनमा उपलब्ध गराउने, तोकिएको समयमा काम सम्पन्न नगर्ने आयोजना र ठेकेदारलाई कारवाही अगाडि बढाउने लगायतको निर्देशन समितिले दिएको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।