सदाबहार झगडिया राप्रपा पार्टी १५ सांसदसहित फुट्ने, कमल थापालाई यस्तो झड्का

काठमाण्डौ । पूर्वपञ्चहरुको पार्टी राप्रपामा विवाद र विग्रह हुनु कुनै नयाँ घटना होइन । अनौठो त त्यतिबेला मान्नुपर्छ, जतिबेल राप्रपामा कुनै कचिंगल र विवाद हुँदैन ।

फाईल फोटो

सदाबहार झगडिया पार्टीको छवि बनाएका यही राप्रपाभित्र केही समयदेखि भुसको आगो झैँ सल्किएको विवादले अब भने अलि भिन्न मोड लिने संकेतहरु देखापर्न थालेका छन् ।

पार्टी अध्यक्ष कमल थापाले केन्द्रिय सदस्य मनोनयनमा एकलौटी गरेको भन्दै पशुपति शमशेर राणाले बैठक बहिस्कार गरिरहेको बेला एउटा समूह कमल थापासँग बस्नै नसक्ने निश्कर्षमा पुगेको छ । रामकुमार सुब्बा नेतृत्वको समूह राप्रपाबाट अलग हुनुपर्ने निष्कर्षमा पुगेको हो । स्रोतका अनुसार, यो समूह कुनै पनि बेला कमल थापाको पार्टीबाट बाहिरिने खतरा बढेको छ । थापाले पार्टी एकीकरण गर्न रामकुमार सुब्बालगायतलाई रोक्न अनेक प्रयार गरिरहेका छन् ।

राप्रपामा अहिले रहेका ३७ सांसद मध्ये १५ सांसद रामकुमार सुब्बाको समुहमा खुलेको स्रोतको दाबी छ ्र स्रोतका अनुसार रामकुमार सुब्बा समुहमा बिराज बिस्ट, बबिना लावती, विकास लुइँटेल, रमेश तामांग लगाएत सांसद खुलेर लागेका छन् भने मधेशबाट प्रतिनिधित्व गरेका अधिकांश सांसद समेत रामकुमार सुब्बाकै पक्षमा छन् ।

आजको साँघु साप्ताहिकमा यो खबर प्रकाशित छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।