हो, ओली तिमी राष्ट्रघाती हौ !

ओली तिमी राष्ट्रघाती हौ,

जनतामा आशा जगाउने,

विकासको लहर ल्याउने,

फुट्नु हैन जुट्नुपर्छ भन्ने,

हो ,ओली तिमी राष्ट्रघाती हौ ।

सिके राउतले जस्तो, देश टुक्राउन भनेनौ

प्रचण्डले जस्तै मान्छे गिड्दे हिडेनौं,

महतोले जस्तो पहाडीयालाई लखेट भनेनौं,

भन्यौ के त ????

पहाड र तराई जोड्नुपर्छ ?

नेपालकै पारवहान चल्नुपर्छ,्

नेपालमै खानी खोज्नुपर्छ,

लोडसेडि¨ हट्नुपर्छ, र नेपाली जनता मिल्नुपर्छ

हो ,ओली त्यसैले तिमी राष्ट्रघाती हौ ।

हो ओली तिमी,

नाकावन्दीमा हार्नुपथ्र्यो, लुम्विनी भारतलाई सुम्पनुपथ्र्यो,

रन्जित रे लाई ढोग्नुपथ्र्यो,

मोदि सित केमेष्ट्रि र फिजिक्स मिल्नुपथ्र्यो,

तर तिमी नाकावन्दीमा हारेनौ,

रन्जित रे लाई मानेनौ,

लुम्विनी फुट्न दिएनँै,

मोदि सित साईन्स मिलाएनौ

हो ,ओली त्यसैले तिमी राष्ट्रघाती हौ ।

राष्ट्रघाती ओली,

तिमी जस्तालाई यहा“ मारिनेछ ,

मदन र विरेन्द्रलाई जस्तै पारिनेछ ,

भिमसेन थापालाई जस्तै गालिनेछ

त्यसैले ओली तिमी,

राष्ट्रवादी वन्न प¥यो,

नेपाल टुक्रनुपर्छ भन्न प¥यो,

कम्युनिजमको नारामा जात र भातको राज्य दिनुप¥यो,

प्रचण्डले जस्तै मार्ने धम्की आयो भन्दै,

देशका केही टुक्रा वेच्नै प¥यो,

अनि वल्ल कहलिने छौ तिमी देशभक्त ओली,

हो देशभक्त ओली

– नवसुजित भण्डारी
बुटवल १५, वेलवास



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।