महत र महरा फस्ने भएपछि चुडामणी शर्मालाई जोगाउने षड्यन्त्र !
काठमाडौं । अर्बौँ रकम कर छली गरेको अभियोगमा थुनामा परेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणी शर्माको विषयमा अनेक टिप्पणी आएका छन् । सर्वोच्च अदालतले हालै शर्मालाई अनुकुल हुने गरी फैसला गरेको छ ।

शर्माकी श्रीमतिले बन्दी प्रत्यक्षिकरणको रिट दायर गरेकी छिन् । उनकी श्रीमतिको मुद्धा परेपछि नै सर्वोच्चले शर्माको मुद्धा तत्कालका लागि रोकेको छ । उक्त मुद्धा तत्कालका लागि यथास्थितिमा राख्ने निर्णय गरेपछि नै मुद्धा थप अन्योल बनेको हो ।
शर्मालाई बचाउने भित्री प्रयास स्वरुप नै यसो गरिएको सर्वोच्चकै कर्मचारीहरु बताउँछन् । शर्माका वकिल भिमार्जुन आचार्यकै सल्लाह बमोजिम शर्माकी श्रमितिले बन्दी प्रत्यक्षिकरणको रिट दायर गरेकी थिइन् ।
तर यो सबै प्रक्रिया भित्री योजना अनुसार नै गरिएको सर्वोच्चकै कर्मचारीहरु बताउँछन् । नाम नखुलाउने शर्तमा सर्वोच्च अदालतका उच्च अधिकारी भन्छन्, ‘यो मुद्धाले धेरैलाई छुने भयका कारण सबै डराउनुपर्ने भएको छ ।’
शर्माको मुद्धामा शर्मा मात्रै नभएर डा. रामशरण महत, कृष्ण बहादुर महरा लगायत पूर्वअर्थमन्त्रीहरु र अन्य केही प्रभावशाली नेता समेत तानिने आशंकाका कारण यस्तो योजना बनाइएको स्रोत बताउँछ । यद्यपी, शर्माको मुद्धा रोकिएको विषयलाई लिएर सिंहदरबारमै असन्तुष्टि उत्पन्न भएको छ ।
सिंहदरबार स्रोतका अनुसार अर्थ मन्त्रालयकै संरक्षणमा शर्माले ठूलो घोटाला गरेका थिए । एक उच्च अधिकारी भन्छन्, ‘केही तथ्य छ, अहिले नै सार्वजनिक गर्न मिल्दैन । तर पूर्व अर्थमन्त्रीहरु ति तथ्यबारे पूर्ण रुपमा जानकार हुनुहुन्छ ।’ – नेपाली पत्रबाट


