हिले स्थित बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरमा नागपञ्चमीको दिन बिशेष कार्यक्रमको आयोजना गरिने
धनकुटा खबर, साउन १० । पर्यटकीय स्थल धनकुटाको हिले वजार स्थित धार्मिक स्थल श्री वक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरमा यो वर्ष पनि श्रावण १३ गते नागपञ्चमीको दिन विशेष कार्यक्रमहरुको आयोजना गरिने भएको छ ।

वक्रकुण्ड पञ्चेश्वर धार्मिक पर्यटन विकास समितिको आयोजनामा नागपञ्चमीको अवसरमा मन्दिरको ८ औ वार्षिकोत्सव मनाउदै मेला, पूजापाठ एवम् भजन र्कितन कार्यक्रमको आयोजना गर्ने तयारी गरिएको समितिका सहसचिव दिपक घिमिरेले जानकारी दिनुभयो ।
कार्यक्रम मन्दिर परिसरमै विहान १० वजे वाट आरम्भ हुने समितिले जनाएको छ । उक्त दिन सवै भक्तजन तथा दर्शनार्थीहरुलाई मन्दिरमा गई पूजाआराधनामा संलग्न भईदिनका लागि समितिले आह्वान पनि गरेको छ । २०६७ सालमा स्थापीत यो मन्दिरमा वर्षैपीच्छे नागपञ्चमीको अवसरमा यस्ता कार्यक्रम आयोजना गरिदै आएको छ ।


