सभामुखले भनिन्,- संसदको आफ्नै भवन होस्, सांसदहरुलाई सरकारी आवास मिलोस्

काठमाण्डौ, १२ साउन । सभामुख ओनसरी घर्तीले संसदको आफ्नै भवन र सांसदहरुलाई सरकारी आवासका लागि प्रयास भइरहेको बताएकी छन् ।

बिहीबार संसदको मोबाइल एप्स तथा नयाँ वेबसाइटको संसद भवन बानेश्वरमा उद्घाटन गर्दै सभामुखले भाडाको घरमा संसद भवन राख्नुपर्दाको हिनता व्यक्त गरिन् ।

सांसदहरुलाई सम्बोधन गर्दै सभामुखले भनिन्, ‘संसदको आफ्नै भवन होस् । संसदको आफ्नै टेलिभिजन च्यानल होस् । सांसदहरुलाई आवास सुबिधा होस् । वास्तवमा हाम्रो त्यो चाहना हो र त्यस अनुसार पहल पनि भइरहेको छ ।’

सभामुख घर्तीले माघ ७ को समय सीमाभित्र सबै तहका चुनाव गरिसक्नुपर्ने भएकाले संसदको यहि कार्यकालमा संसदको आफ्नै भवन प्राप्त नहुने बताइन् । उनले सांसदहरुलाई आधुनिक प्रणालीमैत्री बनाउन वेबसाइट र मोबाइल एप्स जरुरी रहेको समेत बताइन् ।

सभामुख घर्तीले संसदलाई पेपरलेस बनाउने अभियान जारी रहेको बताइन् । युएनडिपीको सहयोगमा संसद सचिवालयले नयाँ वेबसाइट तथा एप्स बनाएको हो । यसमा संसदका सबै गतिबिधि समावेश गरिनेछ । – काठमाण्डूटुडेबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।